मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

संसारका मजदुर हँसाउने जुलुस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १८ वैशाख — ‘संसारका मजदुरहरु एक हौं’ भन्ने नाराका साथ आज विश्वभर मजदुर दिवस मनाइँदैछ । तर, काठमाडौंमा चाहिँ ‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा बाँडिए ।

- Advertisement -

तस्वीरमा प्रष्टसँग देख्न सकिन्छ, सडकको दायाँतिर कांग्रेसका मजदुरहरुको जुलुस छ भने वायाँ किनारामा सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ ।

संसारका मजदुर एक हौं भन्ने त कुरा न हो, विभिन्न पार्टीका भातृ संगठनका रुपमा रहेका नेपाली मजदुरहरुले आज मे १ का दिनमा पनि एकैठाउँ उभिएर आफ्नो वर्गको आवाज बुलन्द गर्न सकेनन् ।

- Advertisement -

अन्तरराष्ट्रिय श्रमिक दिवसका दिनमा समेत प्रमुख राजनीतिक दलसम्वद्ध मजदूर संगठनले छुट्टाछुट्टै जुलुस निकालेर एकताविरोधी सन्देश दिए ।
सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट प्रभातफेरि सुरु गरी भृकुटीमण्डपसम्म पुगेको थियो ।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट ¥याली सुरु गरी प्रदर्शनीमार्ग्स्थित बाल्मिकी क्याम्पसमा पुगेर सभा गरेको थियो ।

दुई पार्टी निकट मजदुर संगठनको ¥याली सडकको छुट्टाछुट्टै भागबाट अघि बढेको थियो । सुन्धारामा नेकपा निकट मजदुर संगठनको ¥याली सडकको बायाँ भागतर्फबाट अघि बढेको थियो भने कांग्रेस निकट मजदुर संगठनको ¥याली सडकको दाया भागबाट अघि बढेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -