Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

भेनेजुएलामा सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदायो (हेर्नुहोस दर्दनाक भिडियो)

spot_img

काठमाडौं । भेनेजुयलामा सरकारविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । राष्ट्रपति निकोलस मदुरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी नै कुदाइदिएको छ ।

सरकारविरुद्धको प्रदर्शनको नेतृत्व विपक्षी नेता ख्वान गुइदोले गर्दै आएका छन् । आफूले आफैंलाई नयाँ राष्ट्रपति घोषणा गरेका गुइदोमाथि सत्ता पलटको आरोप लाग्दै आएको छ । उनले अमेरिकाको समेत समर्थन पाएका छन् ।

तर, मदुरोले सत्ता नछाडेपछि गुइदोले सरकारविरुद्ध निर्णायक आन्दोलनका लागि आह्वान गरेका छन् । हजारौं प्रदर्शनकारी राजधानी कराकसस्थित सैनिक मुख्यालय अगाडि जम्मा भएर मदुरोको राजीनमा मागिरहेका छन् । तिनै प्रदर्शनकारीमाथि मदुरोप्रति बफादार सेनाले बख्तरबन्द गाडी कुदाएको हो ।

सैनिकहरुले प्रदर्शनकारीमाथि रबरका गोली र अश्रुग्यास समेत प्रहार गरेको छ ।

गुइदोले आफूलाई समर्थन गर्न सेनालाई समेत आह्वान गरेका छन् । तर, भेनेजुएलाका सैन्य जनरल भ्लादिमिर पड्रिनोले सेना राष्ट्रपति मदुरोको साथमा रहेको स्पष्ट पारेका छन् ।

मदुरोलाई साथ दिँदै आएको सेनाले सामरिक रुपमा महत्वपूर्ण मानिने क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ ।

भेनेजुएलालाई आर्थिक संकटमा पारेको भन्दै गुइदो र उनका समर्थकहरूले मदुरोको राजीनामा माग्दै आएका छन् । उनले आफूलाई गत वर्षको जनवरीमा अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले उनीमाथि यात्रा प्रतिवन्ध लगाएको थियो ।

उनी केही समय कोलम्बिया बसेर बिभिन्न देशहरुको समर्थन जुटाएका थिए । उनलाई अमेरिका, कोलम्बिया, ब्राजिल लगायतका देशहरुको समर्थन छ । यसैगरी मदुरोलाई चीन, रुस, क्युवालगायत देशले समर्थन गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय