spot_img

परीक्षामा अनुत्तीर्ण भएपछि भारतमा १९ विद्यार्थीद्वारा आत्महत्या

spot_img
spot_img

तेलंगाना: भारतको तेलंगाना राज्यमा १९ जना विद्यार्थीले आत्महत्या गरेका छन्।

१२ कक्षाको अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित भएपछि मध्य अप्रिलदेखी विद्यार्थीहरुले आत्महत्या गरेको प्रहरीले बताएको छ।

परीक्षाफल प्रकाशित भएपछि धेरै विद्यार्थीहरु तनावमा रहेको र उनीहरुका अभिभावकहरुले परीक्षाको मूल्यांकन प्रक्रियामाथि प्रश्न उठाएको बुझिएको छ।

अभिभावकहरुले विद्यार्थीहरुको गलत मूल्याङ्कन गरेको र कतिपय अवस्थामा सजिलो विषयमा समेत अनुत्तीर्ण गरेको भन्दै विरोध गरेका छन्।

स्नातक तहको पढाइका लागि यही परीक्षा उतीर्ण गर्नुपर्ने हुन्छ।  विद्यार्थीहरूले भने आफूहरु परीक्षामा सहभागी भएता पनि परीक्षाफलमा भने अनुत्तीर्ण वा शून्य नम्बर दिएको बताएका छन्।

अभिभावकहरुले परीक्षामा त्रुटी गरेको भन्दै तेलांगानाको राज्य सरकार र परीक्षा बोर्डलाई जिम्मेवार ठहर गरेका छन्।

परीक्षाफल प्रकाशित गर्ने टेन्डर बोर्डले नीजि कम्पनीलाई दिएको थियो।

राज्य सरकारले परीक्षाफल बारे गुनासो भए बोर्डमा उजुरी दिन भनेपनि प्रत्येक दिन २ वा ३ आत्महत्याका घटना भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले भने अवस्था तनावपूर्ण हुन सक्ने भन्दै सबैलाई शान्त रहन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय