बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

फोरम र नयाँ शक्ति ‘मर्ज’ काे अवस्थामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच पार्टी एकता हुने लगभग टुंगो लागेको छ।

- Advertisement -

एक वर्षभन्दा बढी समयदेखि एकताका लागि आन्तरिक गृहकार्य गरिरहेका दुई दल पार्टी एकता गर्ने निष्कर्षमा पुगेको फोरमका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार एकतापछि नयाँ पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’ राख्ने सहमति जुटेको छ। स्रोतका अनुसार नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पार्टीको अध्यक्ष एवं पहिलो वरियताको नेता हुनेछन् भने फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकायरी अध्यक्षसहित दोस्रो वरियताको नेता रहने सहमति जुटेको छ ।

- Advertisement -

नयाँ शक्तिका एक नेताले भने, ‘पार्टी एकताबारे लगभग कुरा मिलिसकेको छ। डा. भट्टराई पहिलो वरियतामा रहनुहुनेछ भने त्यसपछि उपेन्द्र यादव अध्यक्षसहित दोस्रो वरियतामा हुनुहुनेछ। पार्टीको महत्वपूर्ण निर्णय दुई जनाको सहमतिमा हुने सहमति भएको छ।’

त्यस्तै पार्टीको तेस्रो वरियतामा अशोक राई रहने भएका छन्। पार्टीको छाप फोरमकै हुने सहमति भएको छ भने झण्डाको विषयमा छलफल चलिरहेको फोरमका ती नेताले जानकारी दिए। चुनाव चिन्ह फोरमकै मसल हुने निश्चित जस्तै भएको छ।

गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिले फोरमकै चुनाव चिन्ह मसल प्रयोग गरेको थियो । पार्टी एकतालाई औपतारिकता दिन नयाँ शक्तिले शुक्रबार र फोरमले शनिबार केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी एकताको विषयमा निर्णय भए फोरमको वैशाख २८, २९ र ३० गते जनकपुरमा आयोजना हुन लागेको महाधिवेशन रोकिने छ। दुई पार्टी एक भएपछि संघीय संसदमा तेस्रो ठूलो दोस्रो दल हुनेछन्।

प्रतिनिधिसभामा फोरमको १६ सिट छ भने नयाँ शक्तिबाट संयोजक बाबुराम भट्टराई मात्र सांसद छन्। त्यस्तै १७ सिटसहित मधेस केन्द्रित राजपा नेपाल पनि तेस्रो ठूलो दलका रुपमा रहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -