spot_img

धनुषामा रक्सी तस्करले लुटे प्रहरीको पेस्तोल

spot_img
spot_img

धनुषा – धनुषामा रक्सी तस्करको समूहले प्रहरीको हतियार लुटेका छन्।

गएराति २:४० बजे मुख्यापटी मुसहरनिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रमोद साहको पेस्तोल तस्करले लुटेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले जानकारी दिए।

उनका अनुसार तस्करले भारततर्फ लैजान लागेको सोफि नामक रक्सी रोक्न खोज्दा प्रहरी र तस्करबीच झडप भएको थियो। हतियार लुटिएपछि खोजतलासमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

प्रहरी नायव उपनिरीक्षकको नतृत्वमा लुटिएको हतियार र तस्कर खोज्न प्रहरी परिचालन गरिएको प्रजिअ कडेलले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय