spot_img

श्रमिक आयाेग गठन गर्न सरकारसँग कांग्रेसकाे माग

spot_img
spot_img

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गरेका हुन । बुधबार अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमिक आयोग गठनका लागि सरकारलाई आवश्यक सहयोग गर्न आफनो पार्टी प्रतिवद्ध रहेको पनि बताए ।

उपसभापति निधिले विदेशमा रहेका श्रमिकहरुलाई त्यहीँबाटै मतदान गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुनेमा जोड दिए । उनले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नै पालामा आए जसरी झुटाे प्रचार गरिरहेको दाबी गरे ।

उपसभापति निधिले देउवा नेतृत्वको सरकारले ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ लिच्छवी कालमा वा मल्ल कालमा ल्याएजसरी प्रधानमन्त्री केपी ओलीले झुटो प्रचार गरेको भन्दै आपत्ति जनाए।

उपसभापति निधिले नेपालमा श्रमिकहरुको अधिकारको क्षेत्रमा उल्लेख्य सफलता हासिल भएको बताए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय