Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

हुम्लाबाट एकैदिन २ जना सुत्केरीकाे उद्धार, सामाजिक विकास मन्त्री आफै खटिए

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुर्खेत, बैशाख । कर्णाली प्रदेश सरकारले बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई उद्धार गरेको हो । उद्धार गरी सुर्खेत ल्याइएका उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

- Advertisement -

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा बुधबार चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपाली र ३५ वर्षीया राजकला महतारालाई हेलिकप्टरमार्फत् उद्दार गरिएको हो।

सामाजिक विकास मन्त्री दल रावल सेनाको हेलिकप्टर लिएर उद्धारका लागि पुगेका थिए । महताराको साल निस्किएर बच्चा नजन्मिएपछि र नेपालीको गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि ल्याएको हो ।

- Advertisement -

घोराही नगरपालिका–१५ निवासी निशा हुम्लाको चंखेली गाउँपालिकास्थित मेल्छाम स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत छिन्। उनको गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएको थियो।

राजकला महतारालाई बुधबार साँझ सुत्केरी व्यथा लागेको थियो। तर,  उनको ‘सालनाल’ पहिले खसेका कारण बच्चा जन्माउन सकेकी थिइनन्।

साविकको कर्णालीका जिल्लाहरूबाट गत आर्थिक वर्षमा ७ जना सुत्केरीको हेलिकप्टरमार्फत् उद्दार गरिएको थियो । यस वर्ष हालसम्म १६ जनाको उद्दार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार