हुम्लाबाट एकैदिन २ जना सुत्केरीकाे उद्धार, सामाजिक विकास मन्त्री आफै खटिए

spot_img

सुर्खेत, बैशाख । कर्णाली प्रदेश सरकारले बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई उद्धार गरेको हो । उद्धार गरी सुर्खेत ल्याइएका उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा बुधबार चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपाली र ३५ वर्षीया राजकला महतारालाई हेलिकप्टरमार्फत् उद्दार गरिएको हो।

सामाजिक विकास मन्त्री दल रावल सेनाको हेलिकप्टर लिएर उद्धारका लागि पुगेका थिए । महताराको साल निस्किएर बच्चा नजन्मिएपछि र नेपालीको गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि ल्याएको हो ।

घोराही नगरपालिका–१५ निवासी निशा हुम्लाको चंखेली गाउँपालिकास्थित मेल्छाम स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत छिन्। उनको गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएको थियो।

राजकला महतारालाई बुधबार साँझ सुत्केरी व्यथा लागेको थियो। तर,  उनको ‘सालनाल’ पहिले खसेका कारण बच्चा जन्माउन सकेकी थिइनन्।

साविकको कर्णालीका जिल्लाहरूबाट गत आर्थिक वर्षमा ७ जना सुत्केरीको हेलिकप्टरमार्फत् उद्दार गरिएको थियो । यस वर्ष हालसम्म १६ जनाको उद्दार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय