Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालबाट एयर एन्डियाको विमान अपहरण गर्ने अजहर विश्व आतंकवादी घोषित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं- संयुक्त राष्ट्रसंघले पाकिस्तानी आतंकवादी  संगठन जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंकवादी घोषणा गरेको छ।

- Advertisement -

१७ वर्षअघि नेपालबाट एयर एन्डियाको जहाज अपहरण गरेको जिम्मा अजहरले लिएका थिए। उनले सो जहाज  अफगानिस्तान पुर्‍याएका थिए।  संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्दीनले ट्विट गरी यसको पुष्टि गरेका छन्।

- Advertisement -

‘यो काममा ठूलासाना देश सबैको साथ मिल्यो,’ उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रको प्रतिबन्ध सूचीमा मसुद अजरको आतंकवादी घोषित गरिएको छ। समर्थनका लागि सबैलाई धन्यवाद।’

भारत सरकारले विगत १७ वर्ष उनलाई विश्व आतंकवादी घोषित गराउन अलग–अलग मञ्चमा कूटनीति प्रयोग गरेको थियो। तर, हालैको पुलवामा हमलापछि यसलाई फेरि तीब्र पारिएको थियो।

सुरक्षा परिषद्‍मा चीनको समर्थन नमिलेका कारण संयुक्त राष्ट्रमा भारतको प्रस्ताव धेरै पटक खारेज हुन पुगेको थियो।

अजहरलाई आतंकवादी घोषणा गर्ने भारतीय प्रस्तावलाई चीनले सन् २००९, २०१६ र २०१७ मा भिटो प्रयोग गरेर सुरक्षा परिषद्‍मा असफल बनाइदिएको थियो।

मसूद अजहरको संगठन जैस–ए–मोहम्मदले हालै भारत प्रशासित काश्मीरको पुलवामा भएको आतंकवादी हमलाको जिम्मेवारी लिएको थियो।

ताजा समाचार

spot_img

थप समाचार