spot_img

नेपालबाट एयर एन्डियाको विमान अपहरण गर्ने अजहर विश्व आतंकवादी घोषित

spot_img
spot_img

काठमाडौं- संयुक्त राष्ट्रसंघले पाकिस्तानी आतंकवादी  संगठन जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंकवादी घोषणा गरेको छ।

१७ वर्षअघि नेपालबाट एयर एन्डियाको जहाज अपहरण गरेको जिम्मा अजहरले लिएका थिए। उनले सो जहाज  अफगानिस्तान पुर्‍याएका थिए।  संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्दीनले ट्विट गरी यसको पुष्टि गरेका छन्।

‘यो काममा ठूलासाना देश सबैको साथ मिल्यो,’ उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रको प्रतिबन्ध सूचीमा मसुद अजरको आतंकवादी घोषित गरिएको छ। समर्थनका लागि सबैलाई धन्यवाद।’

भारत सरकारले विगत १७ वर्ष उनलाई विश्व आतंकवादी घोषित गराउन अलग–अलग मञ्चमा कूटनीति प्रयोग गरेको थियो। तर, हालैको पुलवामा हमलापछि यसलाई फेरि तीब्र पारिएको थियो।

सुरक्षा परिषद्‍मा चीनको समर्थन नमिलेका कारण संयुक्त राष्ट्रमा भारतको प्रस्ताव धेरै पटक खारेज हुन पुगेको थियो।

अजहरलाई आतंकवादी घोषणा गर्ने भारतीय प्रस्तावलाई चीनले सन् २००९, २०१६ र २०१७ मा भिटो प्रयोग गरेर सुरक्षा परिषद्‍मा असफल बनाइदिएको थियो।

मसूद अजहरको संगठन जैस–ए–मोहम्मदले हालै भारत प्रशासित काश्मीरको पुलवामा भएको आतंकवादी हमलाको जिम्मेवारी लिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय