Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

फेसबुकमा ‘जीवित’ भन्दा ‘मृतक’ को संख्या धेरै हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै फेसबुकले आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड नाघेको जनाएको थियो ।

फेसबुक प्रयोगकर्ताको संख्यामा भइरहेको लगातारको वृद्धिको अर्को एउटा रोचक तथा अनौठो पाटोको खुलासा हालै भएको छ ।

एक अध्ययन अनुसार, सन् २०७० सम्ममा फेसबुकमा जिउँदा प्रयोगकर्ता भन्दा मृतक मान्छेका फेसबुक अकाउन्टको संख्या धेरै हुनेछ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता कार्ल ओहम्यान र डेभिड वाट्सनले गरेको अध्ययन अनुसार यदि फेसबुक प्रयोगकर्ताको वृद्धिदर हालकै अवस्थामा रहेमा यो शताब्दीको अन्त्यसम्ममा फेसबुकमा मृतक मान्छेका अकाउन्टको संख्या ४ अर्ब ९० करोड पुग्नेछ । फेसबुकको प्रयोगकर्ता वृद्धिको दर अहिले १३ प्रतिशत रहेको छ ।

शोधकर्ताहरुका अनुसार फेसबुक अहिले मानव इतिहासकै सबैभन्दा ठूलो मानवीय संग्रहालय बनेको छ जसमा असंख्य मानव व्यवहार तथा संस्कृतिको भण्डार रहेको छ ।

विश्वका अर्बौं मानिसहरुका ती असंख्य तथ्यांकमाथि फेसबुकजस्तो कुनै एउटा नाफामूखी कम्पनीको मात्र पहुँच हुनु नहुने र ती असंख्य डाटाको संरक्षण गर्नका लागि फेसबुकले विश्वका इतिहासबेत्ता तथा विज्ञहरुलाई आमन्त्रण गर्नुपर्ने शोधकर्ता वाट्सन बताउँछन् ।

स्मरण रहोस् कुनै पनि फेसबुक प्रयोगकर्ताको मृत्यु भएको जानकारी प्राप्त हुनासाथ फेसबुकले उक्त अकाउन्टलाई संस्मरणात्मक अकाउन्ट अर्थात् लिगेसी अकाउन्टमा परिणत गर्दछ । यसलाई मेमोराइज्ड अकाउन्ट पनि भनिन्छ ।

फेसबुकको सेटिंग्समा एउटा अप्सन रहेको छ जहाँ लिगेसी अकाउन्ट सेलेक्ट गरेसँगै उक्त अकाउन्ट मेमोरियलाइज्ड अकाउन्टमा परिणत हुन्छ ।

ताजा समाचार

थप समाचार