बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

सरकारलाई दबाब दिन शिक्षकहरू...

काठमाडौँ,०७ चैत । नेपाल शिक्षक महासङ्घले सरकारलाई सहमति कार्यान्वयनका लागि दबाब दिन दोस्रो...

महायज्ञको नाममा दलित परिवारको...

जनकपुर,०७ चैत । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने भन्दै स्थानीय दलित...

ठाकुरराम क्याम्पसमा मतगणना जारी...

वीरगन्ज,०७ चैत । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनामा नेविसंघका बागी उम्मेदवार राजकुमार...

बर्दिबासका स्थानीयवासी रेल विभागमा...

काठमाडौँ,०७ चैत । बर्दिबासका स्थानीयवासीहरूले रेल विभागअगाडि धर्ना दिएका छन्। बर्दिबास भंगाहामा मुआब्जा...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

फेसबुकमा ‘जीवित’ भन्दा ‘मृतक’ को संख्या धेरै हुने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै फेसबुकले आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड नाघेको जनाएको थियो ।

फेसबुक प्रयोगकर्ताको संख्यामा भइरहेको लगातारको वृद्धिको अर्को एउटा रोचक तथा अनौठो पाटोको खुलासा हालै भएको छ ।

एक अध्ययन अनुसार, सन् २०७० सम्ममा फेसबुकमा जिउँदा प्रयोगकर्ता भन्दा मृतक मान्छेका फेसबुक अकाउन्टको संख्या धेरै हुनेछ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता कार्ल ओहम्यान र डेभिड वाट्सनले गरेको अध्ययन अनुसार यदि फेसबुक प्रयोगकर्ताको वृद्धिदर हालकै अवस्थामा रहेमा यो शताब्दीको अन्त्यसम्ममा फेसबुकमा मृतक मान्छेका अकाउन्टको संख्या ४ अर्ब ९० करोड पुग्नेछ । फेसबुकको प्रयोगकर्ता वृद्धिको दर अहिले १३ प्रतिशत रहेको छ ।

शोधकर्ताहरुका अनुसार फेसबुक अहिले मानव इतिहासकै सबैभन्दा ठूलो मानवीय संग्रहालय बनेको छ जसमा असंख्य मानव व्यवहार तथा संस्कृतिको भण्डार रहेको छ ।

विश्वका अर्बौं मानिसहरुका ती असंख्य तथ्यांकमाथि फेसबुकजस्तो कुनै एउटा नाफामूखी कम्पनीको मात्र पहुँच हुनु नहुने र ती असंख्य डाटाको संरक्षण गर्नका लागि फेसबुकले विश्वका इतिहासबेत्ता तथा विज्ञहरुलाई आमन्त्रण गर्नुपर्ने शोधकर्ता वाट्सन बताउँछन् ।

स्मरण रहोस् कुनै पनि फेसबुक प्रयोगकर्ताको मृत्यु भएको जानकारी प्राप्त हुनासाथ फेसबुकले उक्त अकाउन्टलाई संस्मरणात्मक अकाउन्ट अर्थात् लिगेसी अकाउन्टमा परिणत गर्दछ । यसलाई मेमोराइज्ड अकाउन्ट पनि भनिन्छ ।

फेसबुकको सेटिंग्समा एउटा अप्सन रहेको छ जहाँ लिगेसी अकाउन्ट सेलेक्ट गरेसँगै उक्त अकाउन्ट मेमोरियलाइज्ड अकाउन्टमा परिणत हुन्छ ।

ताजा समाचार

spot_img

थप समाचार