शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

लुटिएको पेस्तोल भेटियो, महिला पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,बैशाख १९ गते—धनुषा जिल्लाको भारतीय सीमासित जोडिएको मुखियापट्टी मुसर्निया गाउँपालिकाबाट प्रहरीको लुटिएको पेस्तोल भेटिएको छ ।

- Advertisement -

वुधवार बिहान करिब साढे तीन बजे गस्तीमा रहेका प्रहरी र मदिरा तस्करबीच समान्य झडपको क्रममा तस्करहरुले सहायक प्रहरी निरीक्षक(असई) प्रमोद कुमार साहको पेस्तोल लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

करिब २५ जनाको समुहमा रहेको तस्करहरुले नेपालबाट मदिरा भारत तर्फ तस्करी गरी लग्ने क्रममा प्रहरीसित झडप भएको थियो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक (डीएसपी) रामेश्वर कार्कीले खोसिएको पेस्तोल फेला परेपनि लुट्नेको खोजी जारी रहेको बताए।

उनले अनुसन्धानको क्रममा मुखियापट्टी मुसर्निया गाउँ पालिका वडा नम्बर १ बस्ने सकुन्तला देवी यादवलाई नियन्त्रणमा लिएको बताए ।लुटिएको पेस्तोल खाली रहेको र म्यागजिन असईसँगै रहेको बताईएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाका अर्का डीएसपी ज्ञान महतोको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

भारतको मधुवनी जिल्लामा मई ६ तारेखमा निर्वाचन हुन लागेको छ । बिहार राज्यमा रक्सी प्रतिबन्ध छ ।तर चुनावमा मतदातालाई प्रभावित गर्न चोरीलुकी मदिरा वितरण हुने गरेकाले नेपालबाट तस्करी बढेको बताईन्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -