Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

लुटिएको पेस्तोल भेटियो, महिला पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,बैशाख १९ गते—धनुषा जिल्लाको भारतीय सीमासित जोडिएको मुखियापट्टी मुसर्निया गाउँपालिकाबाट प्रहरीको लुटिएको पेस्तोल भेटिएको छ ।

वुधवार बिहान करिब साढे तीन बजे गस्तीमा रहेका प्रहरी र मदिरा तस्करबीच समान्य झडपको क्रममा तस्करहरुले सहायक प्रहरी निरीक्षक(असई) प्रमोद कुमार साहको पेस्तोल लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

करिब २५ जनाको समुहमा रहेको तस्करहरुले नेपालबाट मदिरा भारत तर्फ तस्करी गरी लग्ने क्रममा प्रहरीसित झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक (डीएसपी) रामेश्वर कार्कीले खोसिएको पेस्तोल फेला परेपनि लुट्नेको खोजी जारी रहेको बताए।

उनले अनुसन्धानको क्रममा मुखियापट्टी मुसर्निया गाउँ पालिका वडा नम्बर १ बस्ने सकुन्तला देवी यादवलाई नियन्त्रणमा लिएको बताए ।लुटिएको पेस्तोल खाली रहेको र म्यागजिन असईसँगै रहेको बताईएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाका अर्का डीएसपी ज्ञान महतोको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

भारतको मधुवनी जिल्लामा मई ६ तारेखमा निर्वाचन हुन लागेको छ । बिहार राज्यमा रक्सी प्रतिबन्ध छ ।तर चुनावमा मतदातालाई प्रभावित गर्न चोरीलुकी मदिरा वितरण हुने गरेकाले नेपालबाट तस्करी बढेको बताईन्छ ।

ताजा समाचार

थप समाचार