रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर

spot_img

काठमाण्डौं, १९ बैशाख — आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ र बिक्रीदर १११ रुपैयाँ ६० पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८५ पैसा र बिक्रीदर २६ रुपैयाँ ९९ पैसा छ । यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ४८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ०७ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय