Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025
Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025

सिमलताल बस दुर्घटनाको एक...

चितवन,२८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बस लेदो र पहिरोसँगै त्रिशूलीमा बगेको...

मधेशमा किसान र सर्वसाधारणको...

जनकपुर,२८ असार । मधेश प्रदेशमा लगातारको खडेरीले कृषि र दैनिक जीवन दुवै प्रभावित...

बैतडीमा जिप दुर्घटना :...

बैतडी,२८ असार । पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा...

पर्सामा ९ लाखभन्दा बढीको...

बीरगन्ज,२८ असार । सशस्त्र प्रहरीले पर्सा जिल्लामा सञ्चालन गरेको संयुक्त अपरेसनमा करिब ९...
spot_imgspot_imgspot_img
28.3 C
Kathmandu
36.4 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

चक्रवात ‘फानी’ भारतको उत्तरपूर्वी तटतर्फ बढ्दै, नेपालकाे मध्य क्षेत्रमा मौसम प्रभाव पार्ने

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चक्रवात ‘फानी’ हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तरपूर्वी दिशातर्फ बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारबाट यो प्रणाली भारतको ओड़िसा को तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको र यो प्रणाली कमजोर बन्दै जाने महाशाखाको भनाइ छ ।

- Advertisement -

‘उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ,’ महाशाखाले बिहीबार विहान जारी गरेको सूचनामा भनिएको छ ।

देशको पश्चिमी क्षेत्रमा भोलि (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको पनि महाशाखाले सूचनामार्फत जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार