spot_img

सानो पाइलाको सप्ताहब्यापि कार्यक्रममा सम्पन्न

spot_img
spot_img

बीरगंज, १४ असार — लागु औषध दुव्र्यसन र अबैध ओसारपसा बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सानो पाइला बीरगंजले आयोजना गरेको साताब्यापि कार्यक्रम आज सम्पन्न भएको छ ।

सानो पाईलाका प्रमुख कार्यकारी निर्देशक कन्चन झाको सभापतत्वमा सम्पन्न कार्यक्रममा आज अन्तिम दिन नशामा होईन, संगीतमा झुमौ भन्दै बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । खासगरी स्थानिय स्तरमा लुकेर रहेका कलाप्रतिभालाई प्रस्फोटन गर्ने अभिप्रायले संगित साँझको आयोजना गरिएको सानो पाइलाका सन्चालन प्रमुख जय शाहले बताउनुभयो । कार्यक्रममा बिभिन्न स्थानिय कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालि कांग्रेस पर्साका सभापति अजय दिवेदी, बीरगंज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, रेडियो बीरगंजका कार्यकारी अधिकृत ध्रुब शाह,व्यबस्थित बीरगंज अभियानका संयोजक दिलिपराज कार्की, भिजिट मधेश संयोजक ओमप्रकाश सर्राफ, बीरगंज युजा समाजका अध्यक्ष कमल चौगाई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण सन्चारकर्मीद्वय जय यादब र बिबेक कर्णले गर्नुभएको थियो । कार्यक्रममा
संस्थाकी सचीव डा.सुस्मा तिवारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय