सरकारले करको दायरा बढाउँने प्रयास गरी रहेको अवस्थामा देशै भरी सरकारको आलोचना भइरहेको छ । सरकारले एक पछि अर्को गरी बिभिन्न बहानामा कर बढाउँन प्रयास गरी रहेको छ । संघ सरकार,प्रदेश तथा स्थानिय सरकारले गरेको कर वृद्धिको दलदलमा आम सर्वसधारण जनता देखि व्यापारी समेत आर्जित बनेका छन् । सरकरले बढाएको करको बिरोधमा देशै भरी प्रदर्शन भयो । तर सरकार आफ्नो निर्णय प्रति अडिग रहेको छ । साउन १ गते देखि नेपाल सरकारले १ हजार माथीको ज्याला भुक्तानी गर्दा भुक्तानी लिने व्यक्तिको अनिर्वाय पान नम्बर हुन पर्ने कानुन लागु गरे पछि व्यक्तिगत पान लिनु पर्ने रोजगार दाताहरुलाई अवस्था आएको हो ।
धेरैले यो अव्यवहारिक भएको टिप्पणी पनि गरेका छन् । तर सरकारको बुझाईमा यसबाट कर दायरा अझ वृद्धि हुने छ । प्राकृतिक व्यक्तिले लिन स्थायी लेखा नम्बरलाई व्यक्तिगत पान भनिन्छ भने व्यावसायीक कारोबार गर्नेले लिने स्थायी लेखा नम्बरलाई व्यवसायीक पान भनिन्छ । विशेष गरी रोजगारी आय गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा व्यक्तिगत पान लिनुपर्छ । रोजगारी आय भन्नाले पारिश्रमिक, तलव ,ज्याला, भत्ता, कमिसन, वहाल आय जस्ता आयलाई रोजागारी आय भनिन्छ ।
कर कट्टि हुने आयको रोजगारदाताले अग्रिम कर कट्टि गरेको रकम सम्बन्धित रोजगारी गर्ने व्यक्तिको स्थायी लेखा नम्बरमा जम्मा हुन जान्छ ।
सरकारले करको दायरा बढाउँ खोज्नु गलत हो भन्ने हो तर रोजगारी,व्यापारको वतावरण,प्राविधिकि शिक्षा आदी कुरामा पनि सरकारले ध्यान दिनु पर्छ । देशको सबै युवाहरुलाई खाडीमा पढाए सरकारका नेताहरु आफु चाही गाडीमा घुम्ने सोच अहिले पनि नफेरिएको सारकाको कार्यशैलीले नै प्रष्ट गरेको छ । युवाहरु विदेश आफ्नो जिवन विताउँदैछन् । यता उनीहरुले कमाएको पैसाले नेताहरु मेज गरी रहेका छन् । बचेका पैसा पनि सहि रुपमा प्रयोग भइरहेको छैन् । युवाहरु विदेशबाट फर्कदा सम्म घर व्यावार पूर्ण रुममा विग्रिएको देखिएको छ ।
सरकारल कुनै पनि क्षेत्रमा करको दायर बढाउँन खोज्नु भन्दा अघि आफ्नो दायित्व पनि पुरा गर्नु पर्छ । जनता दिन प्रति दिन गरिबीको दलदलमा फसी रहेको छ । कर बढाए पनि व्यापारी तथा जनताले कहाँबाट कर तिर्छन् । जनताहरु तिन तहमा कर तिरी रहेका छान् भने विकासका लागि आएको बजेट व्यापाक भ्रष्टाचार भइरहेको अवस्था । जनताको पैसा सारकारले लिने तथा जनतालाई विकासको अनुभुति पनि नभए पछि जनता निरास देखिएको छ । यो निरासालाई सरकारले सहि समयमा सहि तरिकाले सम्बोधन गर्नु पर्ने अवश्यकता रहेको छ ।
मनोज पटेल




