spot_img

नारीलाई समान अधिकार दिनु पर्छ – लेखक : मनोज कुमार पटेल

spot_img
spot_img

नेपालमा संघीयता कार्यान्वयनसँगै प्रदेश नं. २ का सरकारले आफनो प्रथम काम “बेटी पढाउ, बेटी बचाउ“ अभियान संचालन गरेको थियो । जुन सराहनिय काम पनि थियो । यो कामको चारैतिर प्रशंसा पनि भयो । तर अभियानले खासै सफलता प्राप्त गरेको देखिएन् ।ल हाम्रो समाज निर्माणमा नर र नारीको समान भूमिका भए पनि पुरूष र महिला एउटै गाडीको दुई पाङ्गा भए पनि पितृसतात्मक व्यवस्थाका कारण महिला सधै उपेक्षित, अपहेलित र शोषित हुँदै आइरहेका छन् । आज घर बाहिर कहि महिला सुरक्षित छैन् । किन यो अवस्था आयो यो प्रश्न सवै सामु छ ?

हाम्रो समाज महिलालाई बच्चा जन्माउने मेशिनको रूपमा र उपभोग्य सामग्री जस्तै बुझेका कारण महिला समाजमा पुरूषको जस्तो आफनो क्षमता प्रदर्शन गर्न सकेको छैन । आजको २१ औं शताब्दीमा पनि महिलालाई हक अधिकारबाट वंचित गर्नु हुन परेको छ । मानव अधिकारको खुलेआम उल्लङ्घन भइरहदा नारी रक्षाको लागि प्रयाप्त कानुनहरु हुँदा हुदै पनि नारीहरु अहिले पनि आफ्नो अधिकारबाट बन्चित हुदै आएको छ । नारीले दुनियाँमा महान व्यक्तित्वहरुको जन्म दिने गरेका छन् । तर पनि नारी हाम्रो समाज आज पनि अपहेलित छन् ।

शास्त्र, वेद, पुरानले नारीलाई उच्च कोटीमा राखेको छ । नारीलाई शक्तिको प्रतिक,ज्ञाानको प्रतिक तथा धनको प्रतिकको रुममा अर्थयाएको छ । त्यती मात्र होइन नारी धरतीसँग पनि तुलना गरिको छ । जसको विना हामी यो संसारको परिकल्पना पनि गर्न सक्दैनौं । तर नेपालमा नारीहरु अपहेलित हुनु दुःखद कुरा हो ।

हाम्रो समाजमा दाइजो प्रथाका कारण हाल भ्रुण हत्या गर्ने क्रम निकै नै बढेर गएको छ । कारण प्रदेश नं. २ को सरकारले २०७५ माघ १ गतेबाट जन्मने छोरीहरूका निम्ति एक लाखको वीमा गरिदिने दुरदर्शी योजना कार्यान्वयनमा ल्याएको छ यसको सबै ले स्वागत गर्नु पर्छ । सरकारले पनि आफ्नो योजनालाई कार्यवन्यन गर्न तर्फ ध्यानहरु क्ेन्द्रित गर्नु पर्छ ।
भनिन्छ यदि तपाई सोध्नु हुन्छ कि महिलाहरु लिडर हुन सक्दैनन् भने तपाई अबिवाहित हुन हुन्छ कनि भने बिवाह भए पछि तपाइले महिलाको क्षमता हेर्नु हुनेछ । तर हाम्रो समाजले किन महिला माथी विश्वास गर्दैनन् ।

२००७ सालको राजनैतिक क्रान्तिदेखि २०७३ सम्मको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि पनि महिलालाई एउटा समावेशीको रूपमा मात्रै देखिन्थयो । आधा आकाश ढाकेका महिलालाई समावेशी समूहमा राख्नु नै हाम्रो नेतृत्वको ठूलो भूल थियो । फलतः हाम्रो समाज अगाडि बढ्न सकेन । महिलाहरुको समान अधिकार तथा सुरक्षा विना नेपाल समृध हुन सक्ने अवस्था नरहेको कारण निति निर्माता तथा कार्यवन्यन गराउँनेहरुको महिला सुरक्षा तथा महिला अधिकार माथी ध्यान पु¥याउँन जरुरी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय