सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

spot_img

ओखलढुंगामा सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन् ।

नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेको अभिभावकको उजुरीका आधारमा घरैबाट तामाङलाई पक्राउ गरिएको ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । पक्राउ परेका तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय