spot_img

सरकारले जनहितलाई केन्द्रमा राख्नै पर्छ

spot_img
spot_img

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने संभावना रहेको आफ्नो भाषणको क्रममा बोल्नु भएको छ । ढिलै भए पनि वहाँले जनतालाई केन्द्रमा राख्ने कुरा स्वीकार गर्नु भएको शुक्रबार उनले गरेको भाषणको क्रम प्रष्ट झल्किन्थ्यो । उनले आफनो भाषणको क्रममा जनतालाई गरेको बाचालाई विर्सिदै जाने हो भने प्राप्त उपलब्धी पनि गुम्न सक्ने वताए ।

कुरा एक हिसावले सहि पनि हो । नेपाली जनताले यो दु्ई तिहाईको सरकारसँग धेरै अपेक्षा राखेका छन् । तर सरकारको पछिल्लो गतिबिधिबाट जनता खिन्न भएको देखिन्छ । नेपालको शक्तिशाली पार्टीको नेताको हैसियतमा रहेको प्रचण्डको कुरा अर्थपूर्ण छ । ंकम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भएको भन्दै उनले पार्टी पंक्तीलाई गम्भिर हुन भाषणको क्रममा भनेका थिए ।
विश्वमा धेरै उदारहण छन ।

जसबाट कम्युनिष्टहरुको पाठ सिक्नु पर्छ । नेपालीमा पछिल्लो पटक पूर्व राजा ज्ञानेन्द्र शाह तथा अन्य विदेशि कुटनितिक गतिबिधिहरुलाई हवाला दिने हो भन्ने प्रचण्डको भनाई गम्भिर छ । त्यसकारण सरकारको नेतृत्व गरी रहेको नेकपा यो बिषयमा अलि बढी गम्भिर हुनु पर्छ । जनताले सरकारलाई स्पष्ट बलियो बहुमत दिएको भए पनि सरकारले अहिले सम्म जनताको मन जित्न सकेको छैन् । देशमा जताततै भ्रष्टाचार,अपहरण,बलत्कार लुटपाट तथा हत्याका घटनाहरु बढि रहेको छ । देशमा आत्म हत्या गर्नेहरुको संख्यामा पनि बृद्धि भएको छ ।

यसले कतै यो सरकार फेलियर हुने त होईन भने चिन्ता हुन स्वाभिक पनि हो । राजा महाराजाहरुको बिरोध गर्दै लडदै यहाँ सम्म पुगेको नेपालको कम्युनिष्ट आन्दोलन अहिले सबै भन्दा कमजोर हुदै गएको छ । सरकार बाहिर वसेर सधै बिरोध गर्नु सहज भए पनि सरकार संचालनबाट जनताको मन चित्नु फलामको चिउरा चपाउनु सरह भइरहेको सरकारको कार्यशैलीबाट नै प्रष्ट हुन्छ ।

पुराना शक्तिहरु नेपालमा अहिले पुर्ण रुपले मृत अवस्थामा नपुगेको कारण वेला बखत उनीहरु सल्बलाउँने गरेका छन् । जनताको मन फेरिए ठूला परिवर्तन हुन पनि वेर नलाग्ने नेपालको पछिल्लो राजनितिक इतिहासले पनि सावित गरेको हुनाले पुराना शक्ति फेरी स्थापित हुन सक्ने आकंलन वेला बखत नेपालमा हुने गरेको छ । नेपाल सरकार नयाँ शासन प्रणालीमा सरकार संचालनको अभ्यास गरि रहेको हुनाले पनि थप चुनौतीपूर्ण रहेको छ ।

जनताको सिह दबार घरमै पुगेको व्याख्या गरेर मात्र जनताको चित बुझाउँन सक्ने अवस्था अहिले छैन् । त्यसकारण पनि सरकार तथा देशका ठूला नेताहरु गम्भिर हुनै पर्छ । हवादारी गफ दिएर २१ औं सताप्दीको राजनितिक नचल्ने भएको कारण सरकारले आफ्ना कमि मजोरीलाई यथासिघ्र सच्याउँनु पर्छ । यो सरकार असफल भयो भने हाल अभ्यास भइरहेको संघिय शासन प्रणाली पनि खतरामा पर्न सक्ने अवस्था रहेको कारण पनि देशको एकता तथा विकास दुवैलाई यो सरकारले सँग सगै लिएर हिडनु पर्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय