काठमाडौं — अमेरिकी टेक कम्पनी एप्पलले भोलि (१० सेप्टेम्बरका दिन) आइफोन सिरिज सार्वजनिक गर्दैछ । एप्पल स्पेशल इभेन्ट भोलि राति १०ः ४५ बजेबाट सुरु हुने जानकारी गराइएको छ, जहाँ कम्पनीले आइफोन ११, आइफोन ११ आर र आइफोन ११ म्याक्सका साथै आईओएस १३ सार्वजनिक गर्नेछ ।
एप्पलले यस इभेन्टमा आफोन सिरिज मात्रै नभई अन्य प्रोडक्टसहरु पनि सार्वजनिक गर्ने भएको छ । एप्पल वाच, एप्पल टिभी र सफ्टवेयर अपडेट्स लगाएत पनि सार्वजनिक गर्ने भएको हो । यसै इभेन्टमार्फत कम्पनीले म्याकबुक प्रो पनि सार्वजनिक गर्दैछ ।
यो वर्ष एप्पलले तीन नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरेको छ । जसमध्ये आइफोन एक्सआर छुट्टै भर्सनको हुनेछ र यो सबै भन्दा कम मूल्यको हुनेछ । त्यस्तै आइफोन ११ र आइफोन ११ म्याक्सलाई पनि सार्वजनिक गर्दैछ । डिजाइनमा खासै परिवर्तन नभएको बताइएको छ, तर ब्याक प्यानलमा भने निकै परिवर्तन गरिएको जनाइएको छ ।
यस नयाँ आइफोनमा पनि फेस आइडी हुनेछ, त्यस्तै नाँच पनि हुनेछ । आइफोन ११ को दुई भेरियन्टसमा तीन रियर क्यामेरा दिइनेछ । त्यस्तै आइफोन एक्सआरको सक्सेसरमा दुई रियर क्यामेरा दिइनेछ ।
यो पटक एप्पलले आफ्नो नयाँ आइफोनमा ओलेड डिस्प्ले दिनसक्नेछ । किनभने पछिल्लो समय कम्पनीले आइफोन एक्सआरमा एलसिडी प्यानलको प्रयोग गरेको थियो । आइफोन ११ मा ५.८ इन्चको डिस्प्ले र आइफोन ११ म्याक्समा ६.५ इन्चको डिस्प्ले दिनसक्नेछ ।

