एप्पलले आइफोनका लागि पुनः नयाँ अपडेट सार्वजनिक गर्‍यो

spot_img

काठमाडौं । एप्पल कम्पनीले लगातार आईओएस १३ का नयाँ अपडेट सार्वजनिक गर्दै आएको छ । २४ सेप्टेम्बरका दिन नै एप्पलले आईओएस १३ का फाइनल बिल्ड अपडेट सार्वजनिक गरेको थियो । त्यसका साथै एप्पलले १३.१ र १३.१.१ भर्सनको नयाँ अपडेट पनि सार्वजनिक गरिसकेको छ । नयाँ अपडेट्समा केही प्याच सामेल छन्, जसले क्यामेरा, आईक्ल्युडलगाएतमा आएका समस्याहरुलाई स्वतः ठीक गर्नेछ ।

आईओएस १३.१. अपडेटको डिस्क्रिप्शनमा लेखिएको छ–‘यसले फ्लाशलाइट, ब्लुटुथ र होम पडको इस्युलाई फिक्स गर्छ ।’ मेजर बग क्यामेरामा थियो, जसको कारण कम्पनीले तत्काल अपडेट पुश गरेको हो । एप्पल कम्पनीले भर्खरै आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स सार्वजनिक गरेको थियो ।

यी तीनै वटा नयाँ स्मार्टफोनका हाइलाइट क्यामेरा नै हो । यसै कारण कम्पनीले आफ्नो नयाँ स्मार्टफोनको क्यामेरामा कुनै पनि समस्या नआओस भन्ने चाहन्छ । किनभने यो पटक भने युजर्सले डिजाइनलाई लिएर राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

आईओएस १३.१.१ लाई डाउनलोड गर्नका लागि सेटिङमा गएर सफ्टवेयर अपडेटमा ट्याब गर्नुहोस् । यहाँ नर्मल सफ्टवेयर अपडेट वाला नियम लागू हुनेछ । तपाईको फोन वाईफाईसँग कनेक्ट हुनु जरुरी हुन्छ । अपडेट डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।

spot_img

ताजा अपडेट

लोकप्रिय