पर्सा ,३० मंसिर – पर्साको पकहामैनपुर गाउपालिका वडा नंं.३ मा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तमा दुई शिक्षकको जुहारीका कारण पठनपाठन लथालिंग हुन पुगेको छ । विद्यालयका निवर्तमान प्रधानाध्यापक धुपनाथ साहको यहि कार्तिक ९ गतेबाट अनिवार्य अवकाश भएपछि प्रधानाध्यापक नियुक्तिमा विद्यालयका शिक्षक रामादेश चौहान र नन्दकिशोर रामबीच जुहारी चलेपछि विद्यालय नेतृत्वविहिन हुँदा विद्यार्थीहरुको पठनपाठन लथालिंग भएको हो ।
विद्यालयका निवर्तमान प्रधानाध्यापक धुपनाथ साहले अवकाशको बेला विद्यालय प्रसाशन चलाउन अर्को व्यवस्था नभएसम्मका लागि निमित प्रधानाध्यापकमा रामादेश चौहानलाई तोकेर अवकाश भएपछि बरियताको हिसाबले निमित प्रधानाध्यापक आफुले पाउनुपर्ने दाबी गर्दै विद्यालयका शिक्षक नन्नकिशोर रामले पकहामैनपुर गाउपालिकाको कार्यालयमा उजुरी दिएपछि गाउपालिका अध्यक्ष विजय चौरसियाले बरियताको हिसाबले नन्नकिशोर रामलाई निमित प्रधानाध्यापकको जिम्मेवारी तोकेपछि विद्यालयमा विवाद भएको हो ।
विद्यालयका शिक्षक रामादेश चौहानले कुनैपनि प्रधानाध्यापकले अनिवार्य अवकाश भएपछि जुनसुकै शिक्षकलाई निमितमा जिम्मेवारी तोकेपछि अर्को व्यवस्था नभएसम्मका लागि उसैले विद्यालय प्रसाशन चलाउने शिक्षा ऐनमा व्यवस्था रहेकाले विद्यालयको आधिकारीक प्रधानाध्यापक आफु नै रहेको बताए । तर गाउपालिकाले अनावश्यक हस्तक्षेप गरि विधालयका शिक्षक नन्नकिशोर रामलाई विद्यालय चलाउन पत्र दिएको छ , जुन नियम विपरित रहेको चौहानको दाबी छ । यता विद्यालयका अर्का शिक्षक नन्नदकिशोर रामले भने बरियताको हिसाबले निवर्तमान प्रधानाध्यापक धुपनाथ साहपछि आफु नै सिनियर रहेकाले विद्यालयको निमित प्रधानाध्यापक आफु रहेको दाबी गरे ।
विद्यालयमा प्रधानाध्यापक विवादका कारण शिक्षकहरु ५ महिनासम्म तलब पाएका थिएनन । प्रधानाध्यापकको विवाद गाउपालिका हुदै जिल्ला प्रसाशन कार्यालय पर्सामा पुगेपछि पर्सााका तत्कालिन नारायण भटराईले शिक्षकको तलब निकासाको लागि एकचोटीको लागि मात्र सोही विद्यालयका प्राथमिक शिक्षक अभय कुमार झा र लेखापाल तेजप्रताप चौहानको नाममा खाता खोलेर तलब खुवाएको थियो । प्रधानाध्यापक विवाद नटुंगिएकाले फेरि तलबभता कसरी र कहिले पाउने हो भन्नेमा शिक्षकहरु चिन्तित बनेका छन । विद्यालयमा २ जना शिक्षकहरुले प्रधानाध्यापकमा आ–आफनो दाबी राखेपछि कसको निर्देशन मानेर अध्ययन अध्यापन गराउने हो भन्ने आफुहरु अन्यौलमा रहेको विद्यालयका शिक्षक मनोज यादवले गुनासो गरे । उनले भने– “प्रधानाध्यापकमा २ जनाले दाबी गरेका छन , कक्षा १० को विद्याँर्थीको रजिष्ट्रेशन फाराम समेत राष्ट्रिय परिक्षा बोर्डमा गएको छैन ,विद्यार्थीको भविष्यसंग खेलवाड हुदैछ ”।
विद्यालयका अर्का शिक्षक प्रकाश चौहानले भने विद्यालयमा अभिभावक नै छैन , विद्यार्थीहरुको आफनै मनोमानी छ ,आफुहरु कसको निर्देशनमा चल्ने हो भन्ने अन्यौल छ । पकहामैनपुर विद्यालयमा २ जना प्रधानाध्यापकले दाबी गरेपछि विद्यार्थीहरु अन्यौलमा परेका छन । विद्यालयमा कक्षा ९ मा अध्ययनरत देबेन्द्र चौहानले आफुहरुको कुनै समस्या पर्दा कुन प्रधानाध्यापक कहाँ जाने र कसलाई सुनाउने भन्ने अन्यौल रहेको बताए ।
उनले थपे– “शिक्षकहरु कुनै दिन नआउदा दुबै प्रधानाध्यापकसंग गुनासो गर्दा वहाहरु जिम्मेवारीबाट पन्छिने गरेको गुनासो गरे । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा नितु कुमारीले भनिन–“विद्यालयमा शौचालय छैन , शौच गर्न आफुहरुलाई निकै नै अफटयारो भएपनि कसलाई गुनासो सुनाउने भन्ने अन्यौल रहेको छ । विद्यालयको आधिकारीक निमित प्रधानाध्यापक को हो भन्ने सन्दर्भमा गाउपालिका अध्यक्ष विजय चौरसियाले अर्को प्रधानाध्यापक नआएसम्म बरियता र नियम अनुसार नन्दकिशोर रामलाई निमितको जिम्मेवारी तोकेको बताए । विद्यालयको पठनपाठन निति र सिस्टम अनुसार चलाउन गतिशिल प्रधानाध्यापक ल्याउन आफु प्रयासरत रहेको अध्यक्ष चौरसियाले बताए ।


