spot_img

सरकारी भवनभित्रका संघ–संस्थाका कार्यालय ७ दिनभित्र हटाउन निर्देशन

spot_img
spot_img

काठमाडौं,०२ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी संघ–संस्थाका कार्यालय हटाउन निर्देशन दिएको छ।

प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका विभिन्न प्राविधिक, पेशागत तथा अन्य गैरसरकारी संघ–संस्थाले सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेको पाइएकाले सात दिनभित्र ती कार्यालय स्थानान्तरण गर्न निर्देशन दिएको हो।

साथै, सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि आफ्ना भवन वा परिसरमा रहेका त्यस्ता संघ–संस्थाका साइनबोर्ड, संरचना तथा कार्यालय हटाई ओगटिएको स्थान खाली गराउन भनिएको छ।

प्रशासनले तोकिएको समयसीमाभित्र निर्देशन पालना नगरे कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।

यस कदमलाई सरकारी सम्पत्ति र संरचनाको उचित उपयोग सुनिश्चित गर्ने तथा सरकारी भवनको अनधिकृत प्रयोग नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय