भुजा पकौडि बेचेरै लखपती !

spot_img

वीरगन्ज ५ पुष — पछिल्लो समय विभिन्न रोजगारमुलक तथा जनचेतना कार्यक्रम सञ्चालन हुँदा पनि नेपाली युवाहरुको विदेशी माया कम हुन सकेको छैन । नेपालबाट विदेश जाने युवाहरुको संख्या न्युन गर्न तथा यहाँका युवाहरुलाई स्वदेशमै रोजगारको सिर्जना गर्न विभिन्न कालखण्डमा विभिन्न रोजगारी मुलक कार्यक्रम सञ्चालन हुँदा पनि योजना सफल हुन सकेको छैन । निजी क्षेत्र तथा सरकारी क्षेत्रले विभिन्न योजना ल्याउँदा पनि योजना सफल भएको छैन । र, युवाहरु स्वदेशभन्दा विदेश तर्फ नै आकर्षित रहेको देखिन्छ ।

तर, विदेशबाट नेपाल आएर कमाउनेहरु पनि टन्नै छन् । भारतबाट नेपाल आएर कमाउनेहरुले पनि यहाँ मनग्गे आम्दानी गरेको उद्धारण प्रशस्तै छ । भारतको उत्तर प्रदेशको देवरियाबाट नेपाल आएर भुजापकौडिको व्यवसाय सञ्चालन गरिरहेका रामक्ुमारले मासिक ३ लाखको व्यापार गर्दैछन् ।

बारा जिल्लाको फेटा बजारमा सञ्चालित रामकुमारको भुजापकौडि पसलमा दैनिक करिब ३०० को हाराहारीमा ग्राहक पुग्छन् । एक प्लेट नास्ताको मुल्य उनले ३० रुपैया तोकेका छन् । यस अर्थमा उनले दिनको ९,००० र सरदरमा १०,००० को व्यापार मात्र भुजापकौडि बेचेर गर्दैछन् । मासिक हिसाब लगाउने हो भने, उनले महिनाको ३,००,००० नेपाली रुपैँयाको व्यापार गरिरहेका छन् ।

करिब ३ वर्ष अगाडि सुरु गरेको यो व्यवसाय फेटा बजारमा मात्र सिमित छैन । उनको पकौडिको स्वाद यति सम्म चर्चित छ कि उनले बारा जिल्लामा मात्रै ५ ठाउँमा यस्तै नास्ता पसल सञ्चालन गर्दै छन् । जस मध्ये सदरमुकाम कलैयामा मात्रै दुई ठाउँमा पसल सञ्चालित छ र ग्राहक थामी नसक्नुको छ । अब यस अर्थमा हिसाब लगाउने हो भने उनले ५ वटा नास्ता अझ भुजा पकौडिको पसल गरेर मात्र उनले मासिक १५,००,००० को व्यापार गर्दै आएका छन् । अझ रोचक कुरा त के हो भने, रामकुमारको भुजापकौडिको व्यवसायमा उनको परिवारको पनि उतिकै साथ र सहयोग छ । बारा जिल्लामा सञ्चालित उनको पाँच वटै पसल उनको आफन्तहरुले सञ्चालन गरिरहेका छन् । भएन त अचम्म ?

नेपालका अधिकांश युवाहरु पढेर लेखेर पनि विदेश जानुलाई नै प्राथमिकताको विषयमा राख्छन् । तर, छिमेकी देशका नागरिकहरु यहाँ आएर मनग्गे आम्दानी गरिरहेका छन् । यस क्षेत्रमा विभिन्न नास्ता पसलका सञ्चालक भारतकै रहेका छन् ।

भनिन्छ जहाँ ईच्छा, त्यहाँ उपाय । यदि ईच्छा भयो भने यहाँ पनि कमाउन सकिन्छ । यहाँका युवाहरुले स्वरोजगारका निमित्त विभिन्न व्यवसाय सफलताका साथ सञ्चालन गरिरहेका छन् । ईसेवा, खल्ती, खाली सिसी, फुडमारियो, फुडमाण्डु, यमफुड लगायतका व्यवसाय यहाँका युवाहरुले स्वरोजगारका निमित्त सञ्चालन गर्दै आएका छन् । सर्वसाधारणको दैनिकीमा हुने समस्या समाधान गर्दै यहाँका युवाहरुले स्वरोजगारको सिर्जना गरेका छन् । स्वरोजगारका साथै केही युवाहरुलाई रोजगार पनि दिएका छन् । तर, सरकारद्धारा लादिएको कर का कारण विभिन्न व्यवसाय धारासायी पनि भएका छन् । युवाहरुलाई स्वदेशमै रोजगार बनाउन तल्लीन सरकारले यस्ता व्यापार माथि लादिएको करले यहाँका युवाहरु विदेशिन बाध्य छन् ।

नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न नेपाल सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि अदुरदर्शिताका कारण असफल भईसकेको छ । नेपाल सरकारको आगामी योजना युवा मैत्री हुन आवश्यक छ । खासगरि युवाहरुलाई वैदेशिक रोजगारमा जान निरुतसाहित गर्नुपर्ने तथा कृषि, पर्यटन तथा अन्य लघुउद्धमका क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न आवश्यक छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय