आज जनकपुरमा पुनः शंकास्पद बस्तु भेटियो, बम हुनसक्ने आशंका l
जनकपुरधाममा फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ । जनकपुरधाम उप–महानगरपालिका १० स्थित सडक छेउमा भेटिएको उक्त शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ ।
जनकपुरको जानकी मन्दिर देखि देवीचोक जाने बाटोमा बिजुलिको पोल नजिकै बोरामा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् । प्रहरीलाई जानकारी भएलगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सो स्थानलाई नियन्त्रणमा लिएको छ ।
जानकी मन्दिर देखि देबीचोक जाने एरिया धनुषपथमा तत्काल आवत–जावत पूर्ण रुपेण प्रतिबन्ध गरिएको छ । बम हुन सक्ने आशंकामा प्रहरी हरु लाई खटाई नेपाली सेनाको डिस्पोज टोलीले जानकारी गराईएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाए ।

