सर्वोच्चको पछिल्लो निर्णय पछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा सेलाएको प्रतित हुन्छ । अर्को सुचना जारी नभए सम्मका लागि विमानस्थल निर्माण कार्य यथास्थितीमा राख्न आदेश जारी गरेपछि हाल यो योजना सम्बन्धी कामहरु लगभग ठप्प जस्तै छ । सर्वोच्चको निर्णयको जबाफ दिँदै पर्यटनमन्त्रीले भौतिक संरचना निर्माण सम्बन्धी काम रोके पनि विमानस्थल सम्बन्धी आन्तरिक कार्यहरु नरोकिने स्पष्ट पारि सकेका छन् ।
नेपाल सरकारको योजना अनुसार ८०४५ हेक्टरमा निर्माण हुने यो विमानस्थलले वार्षिक करिब एक करोड पचास लाख यात्रु ओलार्ने क्षमता सहित दक्षिण एसियाकै अन्तर्राष्ट्रिय हबका रुपमा निर्माण गरिने छ । जसका लागि करिब २४ लाख रुख फडानी गरिनुपर्ने देखिन्छ । यतिका मात्रामा हुने जंगल फडानी स्विकार्य नभएको भन्दै विरोध पनि व्यापक रुपमा हुँदैछ ।
वास्तवमा हो पनि, वातावरणको विनाशबाट हुने विकासले क्षती निम्ताउन सक्छ । भुस्खलन, खडेरी लगायतका अन्य थुप्रै समस्या फडानीले निम्त्याउँछ । यति मात्र नभएर त्यहाँ बसोबास गर्ने जनावर तथा पशुपंक्षीको वासस्थान पनि नष्ट हुन्छ । जसका कारण पनि थुप्रै समस्या आउन सक्छ । झन् पथलैया( निजगढ हुँदै पुर्व तिर लम्केको जंगल पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ । र, जंगली जनावर हिँड्डुल गर्ने प्रमुख मार्ग पनि हो ।
यदि यो मार्गमा रहेका जंगल फडानी गर्दै विमानस्थल निर्माण गरिन्छ भने जंगली जनावरको हिँड्डुलमा समस्या पर्न सक्छ । जसका कारणले सो वरिपरी बसोबास गर्ने सर्वसाधारणको घरहरुमा जनावरले आक्रमण गर्ने सम्भावना पनि प्रबल हुन जान्छ । त्यसैगरि विमानस्थल निर्माणस्थलको पुर्वमा लाल बकैया र पश्चिममा पसाहा खोला पर्छ । सोही स्थानमा विमानस्थल निर्माण गर्ने हो भने ठुल्ठुला ड्याम बनाउनै पर्छ । जसका कारण वर्षायाममा पर्सा, बारा, रौतहट लगायतका आसपासका जिल्लाहरुमा बाढीको खतरा व्यापक हुन जान्छ । यस लगायत अन्य थुप्रै समस्या छन् ।
भारतको ईन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलको उद्धारण लिने हो भने करिब २०६६ हेक्टरमा निर्मित सो विमानस्थलले प्रति घण्टा १३०० यात्रु ओर्लान सहयोग गर्दैछ । त्यसैगरि ब्राजिलको सान पाउलो विमानस्थल लैटिन अमेरिकाकै प्रमुख र व्यस्त विमानस्थल हो । जुन करिब ४८५ हेक्टरमा निर्मित छ ।
निजगढ विमानस्थलका राम्रा पक्षहरु प्नि छन् । यसले प्रदेश २ को विकासको मुल फुटाउने छ । तर, अन्य देशहरु झै कम क्षेत्रफलमा निर्माण गर्ने हो भने वन फडानी तथा लगानी पनि कम लाग्ने देखिन्छ । तसर्थ, त्यस्ता देशहरुसँगको समन्वयमा विमानस्थल निर्माण गरिनुपर्दछ ।
- Nepalpostdaily




