बीरगंज, २२ फागुन – दैनिक पत्र–पत्रिका सम्पादक समाजको सल्लाहकारमा आफुलाई राखेकोमा सर्वेक्षण दैनिकका सम्पादक किरण राज पाण्डेले आपत्ति जनाउनु भएको छ ।
गत फागुन २१ गतेको विभिन्न संचार माध्यमबाट आफुलाई पनि सल्लाहकारमा राखेको थाहा पाउँदा आश्चर्य परेको उहाँले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनाउनु भएको छ ।
समाजको सल्लाहकारमा आफुलाई जानकारी समेत नगराई मनपरी तरिकाले आफ्नो नाम समेत राखिएकोमा सो समाजसंग आफ्नो कुनै सरोकार नरहेको सम्पादक पाण्डेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।
यस्तै, राष्ट्रिय सहारा दैनिकका सह–सम्पादक नरेश सर्राफले पनि बिहीबारै विज्ञप्ति जारी गर्दै सम्पादक समाज गठनप्रति ध्यानाकषर्ण भएको जनाउदैं आफु सो समाजको सदस्य नरहेको जानकारी गराउनु भएको छ ।

