spot_img

महिला दिवसको अवसरमा महिलाहरु सम्मानित

spot_img
spot_img

वीरगन्ज,२५ फागुन  – ११० औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिरगंजको प्रकाश डान्स एन्ड फिटनेस स्टुडिओले विभिन्न क्षेत्रमा संलग्न महिलाहरुलाई सम्मानित गरेको छ ।  फिटनेस स्टुडिओका प्रमुख प्रकाश कर्णको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा ६० जना महिलालाई सम्मानीत गरीएको थियो ।

डान्स एन्ड फिटनेस स्टुडिओ कि डान्स ट्रेनर सलोनी रौनियारले माहिलाहरु अति ब्यस्त रहेर पनि आफ्नो काम लाई जिम्मेवारी पुर्वक निर्वाह गर्नु आफै मा सराहनीय भएकोले हरेक महिला सम्मानको पात्र रहेको बताइन् ।

कार्यक्रमकि प्रमुख अतिथिको रुपमा रहनुभएकि फोरजि आर समुह तथा वुमन क्रिएसन कि अध्यक्ष नुतन सरावगीले महिलाहरुलाई अरुको देखा सिखी गर्ने काम भन्दा आफ्नो दक्षता अनुसारको काम गरी समाजमा छुट्टै पहिचान बनाउन सुझाव दिईन् ।

अरुको देखा सिखि गर्ने बानीले गर्दा महिलाहरु आफै समस्यामा पर्ने गरेको उनको भनाई रहेको थियो ।  सरावगीले पुरुष सरह महिला पनि हरेक क्षेत्रमा स्वतन्त्र रहेको हुदा हरेक कार्यमा महिलाहरु अगडि बढ्नु पर्ने म जोड दिइन । वर्तमान समयमा बलात्कार तथा तेजाब प्रहारको घटना बढ्दो अवस्थामा रहेकाले महिलाको सुरक्षाका लागी महिला आफै पनि सचेत भएर अगाडी बढ्नु पर्ने बताईन् ।

कार्यक्रममा अर्को अतिथिको रुपमा सहभागी शिक्षिका तथा वि केयरकि अनुजा अग्रवालले समुदायको नकारात्मक तथा पुरातन सोचलाई महिलाले चाले आफ्नो कामले स्वयमंले परीवर्तन गर्न सक्ने बताईन् । उनले महिलाहरु घर भित्र कामकाजको साथै बाहिरी कामकाजमा पनि अगाडी बढ्नु आजको आवश्यक्ता रहेको जोड दिईन् ।

डान्स एन्ड फिटनेस स्टुडिओद्धारा आयोजित कार्यक्रममा सहभागी बालबालिकाहरुले बर्तमान समयमा नारिको अवस्था उजागर गर्ने नृत्य समेत प्रस्तुत गरेका थिए । उत्कृष्ट बालबालिकालाई पुरस्कृत समेत गरी हौसला बढाईएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय