नारायणी अस्पतालमा उच्च सतर्कता

spot_img

बीरगन्ज, ७ चैत – नारायणी अस्पतालले उपचारका लागि अस्पताल आउने हरेक व्यक्तिको चेकजाँच पछि मात्र अस्पताल प्रवेश गर्ने व्यवस्था गरेको छ ।

कोरोना भाईरसको संक्रमणबाट जोगिन र फैलन नदिन सतर्कता अपनाउदैं अस्पतालले उपचारका लागि आउने सबैलाई गेटमै रोकेर थर्मल जाँचको व्यवस्था मिलाएको छ । थर्मल जाँच गरेर मात्रै अस्पताल भित्र प्रवेश दिन थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले जानकारी दिए ।

मानिसहरुको थर्मल जाँचका लागि अस्पतालले ६ जना स्वयंसेवक परिचालन गरेको छ । स्वयंसेवकहरु अस्पतालको गेटमा थर्मल जाँचका लागि तयारी अवस्थामा रहने गरेको डा. उपाध्यायले बताए ।

यस्तै, अस्पतालको आइसोलेसन वार्ड र ओपिडी वार्डमा स्यानिटाइज गरिएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको भिडभाड हुने भएकाले उच्च सतर्कता अपनाई जोखिम न्युन गर्न कुनै कसर बाँकी नराखिने सुपरिटेण्डेण्ट डा.उपाध्यायले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय