बीरगन्ज, ८ चैत्र – गिरिजा प्रसाद कोईराला फाउण्डेसन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको १० औं स्मृति दिवसको अवसर पारेर बीरगन्जमा शनिबार मास्क वितरण गरेको छ ।
फाउण्डेसनले बीरगन्ज नाका हुदैं भित्रिने यात्रुहरुलाई सेनेटाईजर उपलब्ध गराउदैं हात धुवाएर मास्क वितरण गरेको हो । जी.पी. फाउण्डेसन पर्साका प्रमुख मोहम्मद सहाबुद्दिन अनुसार शनिबार नेपाल भित्रिएका नेपाली र भारतीय गरी ५०० जना यात्रुहरुलाई मास्क वितरण गरिएको छ । साथै, सहाबुद्दिनले शनिबारबाट बीरगन्ज नाकामा कडाईका साथ चेकजाँच गरेकोमा खुशी व्यक्त गरेका छन् ।
यस्तै, फाउण्डेसन पर्साका कोषाध्यक्ष मनोहर साहका अनुसार बीरगन्जको भंसार, घण्टाघर, माईस्थान चौक लगायतका स्थानहरुमा समेत सेनेटाईजरको प्रयोग विधिबारे बताइएको र कोरोनाको महामारीबाट बच्नका निम्ति चेतनामुलक पोष्टरहरु शहरका विभिन्न स्थानहरुमा लगाइएको छ ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको नेतृत्वमा भएको सो कार्यक्रममा फाउण्डेशनका धिरज कुमार गुप्ता, बाबुनन्द प्रसाद पटेल, जितेन्द्र साह, सन्दिप केवट, नेपाली काँगेस बुथ वडा कार्य समिति ३ का संयोजक शेख नेजामुदिन, स्थानिय समाजसेवी शेरु उर्फ मेहबुब आलम, पप्पु सिंह, सुनिल सिंह, सेराज अंसारी, अख्तर अंसारी, शेख नियाज, शेख गुलाव, अजाज, शेख बसरुदिन, करण ठकुरी, नरेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

