अवैध मदिरा र कच्चा पदार्थ नष्ट

spot_img

बीरगन्ज, ८ चैत्र – पर्सा प्रहरीले ठूलो परिमाणको तयारी मदिरा र कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र सो मातहतका कार्यालयबाट खटेको प्रहरी टोलीले पर्साका विभिन्न क्षेत्रमा अवैध रुपमा संचालनमा रहेका मदिरा भट्टीहरुबाट १ हजार १८५ लिटर तयारी मदिरा र ३ हजार २२० लिटर मदिरा बनाउने कच्चा पदार्थ शुक्रबार बरामद गरेको थियो ।

साथै, प्रहरीले १२ वटा भट्टी, मदिरा बनाउन प्रयोग गरिने मेसिन र भाँडाकुँडा समेत बरामद गरेको थियो ।

बरामद भएको मदिरा र कच्चा पदार्थ शनिबार स्थानीय भद्रभलाद्मी र संचारकर्मीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय