बारामा प्रहरीकै संलग्नतामा तस्करी

spot_img

धिरेन्द्र तिवारी
कलैया, ८ चैत्र – बाराको बरैनिया नाकाबाट प्रहरीकै संलग्नतामा तस्करी भइरहेको स्थानीयले आरोप लगाएका छन् । बारास्थित बीओपी बरैनिया र छतवा प्रहरी चौकीका प्रहरीको साँठगाँठमा तस्करी भईरहेको स्थानीयको भनाई छ ।

बीओपी बरैनियाको मिलोमतोमा छोकडा र मोटरको तस्करी भइरहेको स्थानीयहरु बताउँछन् । प्रहरीले एउटा गाडीको ३० हजार रुपैयाँसम्म लिएर तस्करीका सामान पास गराउने गरेका छन् । हरेक दिन रातको ९ बजेदेखि बिहान २ बजेसम्म प्रहरीले तस्करीको लाइन खोल्ने गरेको एक प्रत्यक्षदर्शीले बताए ।

पर्साको बीरगन्जस्थित पिप्राबाट पिकअपमा लोड गरी बाराको ईटियाही भएर बिश्रामपुर गाउँपालिकास्थित बोर्डरदेखि १ किलो मिटर वरै रहेको कान्तिपुर, बरैनिया, छतवा, कैलानपुर लगायतका गाँउमा सामान अन्लोडिङ्ग गरेर तस्करी हुने गरेको पाइएको छ । अन्लोडिङ्ग सामान साईकल÷मोटरसाइकल मार्फत भारतको सीमावर्ती गाउँ हरपुर, बलुवासम्म पु¥याइने गरेको स्थानीयहरु बताउँछन् ।

यस विषयमा बीओपी बरैनियाका प्रहरी निरीक्षक नारायण सिंहसँग बुझ्दा छोकडा र मोटरको तस्करी नभएको दाबी गरे । बरु, छतवा प्रहरी चोकीका प्रहरी नायव निरीक्षकले पैसा खाएर लाईन दिएको आरोप लगाए ।

यसै विषयमा छतवा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक प्रमोद साह सँग सोध्दा तस्करीका लागि आफुले कसैसँग पैसा नलिएको दाबी गरे ।

पैसा खाएर तस्करीको लाइन दिएकोबारे जिल्ला प्रहरी बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीसँग कुरा गर्दा तस्करी र राजेश्वर छल्ने कार्यमा संलग्न प्रहरी लाई कारवाही गर्ने बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय