बीरगन्ज, ८ चैत्र – बीरगन्ज महानगरपालिका वडा नं. १६ नगवाको दलित बस्तीमा कोरोनाबारे सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । साथै, दलित बस्तीका बासिन्दाहरुलाई निशुल्क मास्क पनि वितरण गरिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल बीरगन्ज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा सो दलित बस्तीमा मास्क वितरण गरिनुका साथै सचेतना कार्यक्रम सम्पन्न भएको हो । मास्क वितरण तथा सचेतना कार्यक्रमलाई अन्य क्षेत्रमा पनि निरन्तरता दिइने भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहेका सर्राफले बताए ।
सरकारले २५ जना भन्दा बढीलाई एकै ठाउँमा भेला नहुन निर्देशन जारी गरेपछि सर्राफ नेतृत्वको टोली सो बस्तीका सबै स्थानीयको घर– घरमा पुगेर मास्क वितरण गर्नुका साथै कोरोना भाईरसबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा पूर्व तयारीको बारेमा जानकारी गराइएको किसन सर्राफले जानकारी दिए ।
टोलीमा सन्जय पटेल, रन्जित पटेल, मुकेश पण्डित लगायतले स्थानियलाई सजगता अपनाएर नियमित कामकारवाही गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि आग्रह गरेका थिए ।

