बीरगन्ज, १४ चैत – पर्साको क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवले पर्सा प्रहरीलाई शुक्रबार किटनाशक स्प्रे पम्प, किटनाशक पाउडर तथा फिनायल हस्तनान्तरण गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) को महामारी दिनदिनै बढ्दै गइरहेको अवस्थामा सो माहामारी बाट बच्न तथा रोकथामको लागी जिल्ला प्रहरी कार्यालय पर्सालाई यादवले सो सामाग्री प्रदान गरेका हुन् । यस्तो संकटको समयमा जारी लकडाउनमा फ्रन्टलाइनरको काम गर्ने प्रहरी पनि जोखिममा रहेको अवस्थालाई ध्यानमा राख्दै ती सामाग्री प्रहरीलाई प्रदान गरेको सांसद यादवले बताए ।
यादव स्वयंले ती सामाग्री जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरीलाई हस्तान्तरण गरेका हुन् । सांसदले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक रविभुषण यादवलाई २ थान किटनाशक स्प्रे पम्प, किटनाशक पाउडर तथा फिनायल हस्तनान्तरण गरेका हुन् ।

