spot_img

भारत–चीन समन्वयमा लिपुलेक मार्गबाट मानसरोवर यात्रा सुरु हुने घोषणा

spot_img
spot_img

काठमाडाैँ,१८ वैशाख । भारतले चीनसँगको समन्वयमा नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ मार्ग हुँदै सन् २०२६ का लागि कैलाश मानसरोवर यात्रा खुला गरेको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यात्राका लागि अनलाइन आवेदन खुला गरिएको छ। धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यो यात्रा आउँदो जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ। यस वर्ष कुल २० समूहमा यात्रा गराइने योजना रहेको छ। तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेक भञ्ज्याङ मार्गबाट र बाँकी १० समूह सिक्किमको नाथु ला मार्ग हुँदै यात्रा गर्नेछन्। प्रत्येक समूहमा ५० जना तीर्थयात्री रहने बताइएको छ।

यात्रामा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति मे १९ तोकिएको छ। लिपुलेक भञ्ज्याङ नेपालको दाबी अनुसार पश्चिमी सीमा क्षेत्र लिम्पियाधुराबाट करिब ५६ किलोमिटर भित्र पर्छ। स्थानीय रूपमा पुलाङ–गुञ्जी भनिने यो क्षेत्र कालापानी क्षेत्रअन्तर्गत पर्ने तीन गाउँमध्ये एक हो।

नेपालले लामो समयदेखि यस क्षेत्रलाई आफ्नो सार्वभौम भूभाग भन्दै निरन्तर कूटनीतिक दाबी गर्दै आएको छ। यसअघि सन् २०१५ र २०२० मा पनि लिपुलेकमार्गसम्बन्धी भारत–चीन सहमति प्रति नेपालले आपत्ति जनाइसकेको छ।
नेपालले आफ्नो आधिकारिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेको छ, जसलाई उसले महाकाली नदीपूर्वको आफ्नो भूभाग बताउँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय