बीरगन्ज, १५ चैत – भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) को पुणेस्थित नेशनल इन्सिच्युट अफ भाइरोलोजी (एनआइवी) का वैज्ञानिकहरुले पहिलोपल्ट कोरोना भाईरस (कोभिड १९) को तस्वीर सार्वजनिक गरेका छन् । तस्वीर कोरोना भाईरसको रहेको वैज्ञानिकहरुको दाबी छ ।
सो तस्वीर ट्रान्समिशन इलेक्ट्रोन माइक्रोस्कोप (टेम) को प्रयोग गरी लिइएको वैज्ञानिकहरुको भनाई छ । सो तस्वीरलाई इन्डियन जर्नल अफ मेडिकल रिसर्च (आइजेएमआर) को अनलाइन संस्करणमा हेर्न सकिन्छ ।
सो तस्वीर भारतको कोभिड १९ भएकी पहिला महिलाको गलाबाट लिइएको नमुना जाँच गर्दा लिइएको जनाइएको छ । भारतमा पहिलो संक्रमित केरलबाट जनवरी ३० मा फेला परेकी थिइन् ।
भारतकी पहिलो संक्रमित महिला ती तीन छात्रासँगै थिइन्, जो चीनको वुहान शहरमा मेडिसिनको पढाई गरिरहेका थिए । केरलबाट लिइएको नमुनाको जाँच नेशनल इन्सिच्युट अफ भाइरोलोजीमा गरिएको थियो ।
भारतमा पहिलो संक्रमितबाट भेटिएको भाईरस चीनको वुहान शहरमा देखिएको भाईरससँग ९९.९८ प्रतिशत मेल खाएको जाँचमा प्रमाणित भएको वैज्ञानिकहरुको भनाई छ । एजेन्सीको सहयोगमा

