मेयर सरावगीद्धारा विपन्न वर्गलाई राहत सामाग्री वितरण

spot_img

बीरगन्ज, १५ चैत – बीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले शनिबार विपन्न वर्गलाई राहत वितरण गरेका छन् । महानगरका विपन्न वर्गलाई घरदैलोमै पुगेर राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

बीरगन्ज महानगरपालिकाको वडा नं. ३ का १ सय १७ परिवारलाई र वडा नं. १२ का ७३ परिवारलाई खाद्य सामाग्री वितरण गरेको मेयर सरावगीले बताए । वितरित खाद्य समाग्रीमा प्रति परिवार साढे २ किलो चामल, आलु, दाल, नून , तेल र चाउचाउको प्याकेट रहेका छन् ।

लकडाउनको बेला दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने विपन्न वर्गलाई जोहो गर्न समस्या भएको कुरा बाहिर आएपछि महानगरले यस्तो राहत सामाग्री वितरण गरेको हो । मेयर सरावगीले शुक्रबार नै यसबारे फेसबुक मार्फत जानकारी गराएका थिए ।

यस्तै, प्रमुख सरवागीले यस्तो परिस्थितिमा दुःख झेलेरै भएपनि कष्ट सहेर भएपनि महामारी विरुद्धको लडाईमा सबैलाई सचेतना पूर्वक लाग्न समेत उहाँले अपिल गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय