बीरगन्ज, १५ चैत्र – दक्षिण कोरियामा पहिलो पटक कोरोनाभाइरसको संक्रमणको उपचार गरिरहेका भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ ।
शनिबारसम्म ४८ सय कोरोनाभाइरस संक्रमित सफल उपचारपछि घर फर्किएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ । हाल ४५ सयजना उपचाररछ छन् ।
जनवरी २० यता उपचाररतभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो पटक हो ।
‘हामीले अझै धेरै गर्न बाँकी रहेको छ । ५० प्रतिशत स्वास्थ्यलाभ दर सानो उपलब्धी हो । यसलाई सबै मिलेर खुसियाली मनाउनुपर्छ,’ स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य नीतिका प्रबन्ध निर्देशक युन ते होले भने ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

