बीरगन्ज, १५ चैत्र – कोरोनाको कारण देशमा लकडाउन गरिएको बेला पनि सर्वसाधारणमा यस सम्बन्धमा गम्भीरता नदेखिएपछि भारतको चेन्नईमा प्रहरीले एउटा अनौठो तरिका अपनाएको छ । एक स्थानीय कलाकारले एक जना प्रहरी अधिकारीसँग मिलेर लकडाउनको बेला सर्वसाधारणलाई सकडमा निस्कन रोक्न एउटा अनौठो कोरोना हेलमेट बनाएका छन् ।
सडकमा खटिएका प्रहरीका अनुसार सो हेलमेटको माध्यमबाट सर्वसाधारणलाई जागरुक बनाउन उपयोगी साबित भएको छ । कोरोना हेलमेट लगाएर सडकमा मानिससँग कुरा गर्दै गरेका प्रहरी निरीक्षक राजेश बाबुका अनुसार यसले मानिसमा सकरात्मक प्रभाव पारेको छ ।
यस्तै, हेलमेटको डिजाइन गर्ने कलाकार गौतमका अनुसार जनताले यस्तो परिस्थितिलाई गम्भीर रुपमा लिएका छैनन जबकि प्रहरीहरु लकडाउनलाई प्रभावकारी बनाउन २४ सै घण्टा खटिरहेका छन् ताकि मानिसहरु घरमै बसुन् र कोरोना भाइरस फैलन नसकोस् । गौतमका अनुसार कोरोना हेलमेट बनाउन एउटा पुरानो टुटेको हेलमेट र कागज प्रयोग गरिएको छ ।
यस्तै, कोरोना हेलमेट लगाएर ड्युटी गर्ने प्रहरी निरीक्षक राजेश बाबुले प्रहरीले सबै उपाय अपनाए पनि मानिसहरु सडकमा आइनै रहेको बताए ।
यसकारण, प्रहरीले बाध्य भएर यो कोरोना हेलमेट लगाएर सडकमा मानिसलाई सम्झाउन थालेको हो ताकि मानिसले यो कुरालाई गम्भीरतापूर्वक लिउन – उनले भने । हेलमेट मात्र फरक रुपमा मानिसलाई सम्झाउन सकियोस् भनेर प्रयोग गरिएको प्रहरीको भनाई छ ।
“जब म कोरोना हेलमेट लगाएर सडकमा आउँछु तब मानिसमा कोरोना भाइरसबारेको कुरा दिमागमा आउँछ । विशेष रुपमा बालबालिका यसलाई देखेर छक्क पर्छन् र हेलमेट घर लान चाहन्छन्” प्रहरी निरीक्षक राजेश बाबुले भने । एजेन्सीको सहयोगमा ।

