बीरगन्ज, १५ चैत -एसिड आक्रमण पिडित बीरगन्ज महानगरपालिका वडा नं. ३ छपकैयाकी मुस्कान खातुनले सरकारले आफ्नो पिडा नबुझेकोमा दुःख व्यक्त गरेकी छन् । पर्सा जिल्ला अदालतले एसिड छ्याप्ने मध्येका सम्साद मियाँलाई साधारण तारेखमा रिहा गरेपछि फेसबुकमा अपलोड गरिएको भिडियो मार्फत मुस्कानले न्याय नपाएको बताएकी छन् ।
के मैले न्याय नपाउने हो भन्दै उनले सरोकारवालहरुसँग प्रश्न गरेकी छन् । भारतमा बलात्कारको सिकार भएकी निर्भयाको पिडा बुझेर न्यायधीसले न्याय दिएको जिकिर गर्दै मुस्कानले नेपालका न्यायधीसलाई कतै कोरोना त लागेको होइन भन्दै उनले न्याय प्रणालीमाथि व्यङ्ग्य गरेकी छन् । एसिड छ्याप्ने अपराधीलाई बाहिर निकालेर अदालतले यस्तो घटनालाई बारम्बार दोहो¥याउन प्रोत्साहन गरेको मुस्कानको आरोप छ ।
अहिले दुई तिहाईको सरकार रहेको भन्दै सरकारले चाह्यो भने यस्ता अपराधीलाई तत्कालै आजीवन कारावास हुन सक्ने मुस्कानको भनाई छ । सबै कुरा बुझेर र देखेर पनि सरकार अन्धो र बहिरो भएर बसेको भन्दै मुस्कानले के समाजमा छोरीलाई बाँच्ने अधिकार छैन भन्दै प्रश्न गरेकी छन् ।
घुस खुवाएर एसिड छ्याप्ने अपराधीलाई बाहिर निकालिएको आरोप लगाउदैं उनले सरकारसँग न्याय दिने क्षमता छैन भने जनताले त्यो अपराधीलाई घण्टाघरमा झुन्ड्याएर एसिड छ्यापेर न्याय दिलाउने छन् भन्दै आक्रोस पोखेकी छन् ।
भिडियो मार्फत आफु बीरगन्जकी छोरी रहेको भन्दै मुस्कानले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, बीरगन्ज महानगरका मेयर विजय कुमार सरावगी, सांसद प्रदीप यादव, प्रहरी उपरीक्षक गंगा पन्त, नेता रहबर अन्सारी लगायतका सबै सरोकारवालाहरुसँग न्याय मागेकी छन् ।


Timile nyay paunai par6a