आज पत्रकार महासंघको ६५ औं स्थापना दिवस, महासंघको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने अध्यक्ष आचार्यको प्रतिबद्धता

spot_img

बीरगन्ज, १६ चैत्र -आज नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको ६५ औं स्थापना दिवस । दिवसको अवसरमा शुभकामना दिनु हुदैं नेपाल पत्रकार महासंघका अध्यक्ष गाविन्द आचार्यले इतिहास र अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मीका साथै लोकतन्त्र, नागरिक अधिकारका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

यसैगरी, अध्यक्ष आचार्यले राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा नेपाली मिडिया जगत् र आमसञ्चारकर्मीले पु¥याएको योगदानप्रति हार्दिक आभार प्रकट गर्नु भएको छ । उहाँले सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्था हालसम्म लागु हुन नसकेको भन्दै छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून अघि बढाउन आग्रह गर्नुभएको छ । यस्तै, महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चार माध्यमको प्रवद्र्धन लगायतका मागहरु पूरा गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

यसपटक विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको सक्रमणका कारण नेपालमा स्थापना दिवसका अवसरमा खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहेको नेपाल पत्रकार महासंघले जनाएको छ । त्यसकारण, यस वर्ष गरिने भनिएको पूर्वसचिव र कोषाध्यक्षहरुको सम्मानको कार्यक्रम केही समय पछि गरिने नेपाल पत्रकार महासंघले जानकारी दिएको छ । साथै, यस्तो अवस्थामा कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी । आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्न अध्यक्ष आचार्यले आग्रह गर्नुभएको छ ।

हाल, महासंघ मातहत १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ बैदेशिक शाखा र १२ एशोसिएट संस्था आवद्ध छन् । यस वर्ष महासंघको अधिवेशन सम्पन्न गर्नुका साथै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्र, प्रदेश र शाखाहरुको नेतृत्व चयन बाँकी नै छ ।

नेपाल पत्रकार महासंघको स्थापना २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) भएको हो । यसका संस्थापक सभापति पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय