spot_img

बाँकेमा थपिए ७ संक्रमित, संक्रमितको संख्या ८२ पुग्यो

spot_img
spot_img

काठमाडौं, २३ वैशाख- नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय