लकडाउनको कसैलाई मतलब छैन जनकपुरमा !!!

spot_img

जनकपुर, ३० बैशाख – कोरोना फैलन नदिन भन्दै नेपाल सरकारले जारी राखेको लकडाउनको आज ५० औं दिन हो । यद्यपि, अझै पनि कोरोनाको जोखिमबाट नेपाल अहिले पनि मुक्त हुन सकेको छैन ।

तर आज जनकपुरमा भने लकडाउनलाई बेवास्ता गर्दै सम्पूर्ण बजार खुलेको अवस्था देखिएको छ । आज जनकपुरका विभिन्न ठाउँमा जस्तै रामानन्द चोक, जानकी चौक, भानु चौकमा सामान्य अवस्थामा जस्तै विभिन्न ठाउँमा मानिसको भिड र मोटर साईकल निर्वाध रुपमा चलेका छन् ।

त्यसैगरी, सामाजिक दुरी कायम नगरी लकडाउनको धज्जी उडाउदैं मानिसहरुको चहलपहल बढेको छ । जनाकपुरमा स्थानिय प्रशासनले बिहान ११ बजेदेखि ४ बजेसम्म अत्यावश्यक सामानको लागि मात्र बाहिर निस्किन सूचना जारी गरेको छ तर जनकपुरमा त्यसको पालना कतै भएको देखिएको छैन ।

यस विषयमा स्थानिय प्रशासन मौन देखिएको छ । यसले जनकपुरमा कोरोना जोखिम झनै बढाएको जानकारहरुको भनाई रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय