बैशाख ३० – हिन्दूहरुको आस्थाको र शक्ति को केन्द्र जानकी मन्दिरमा उत्पन्न गुरु र चेलाको विवादले तत्काल ठूलो क्षति को रूपमा पुगेको छ ।मन्दिरको वार्षिक हुने केहि करोड आम्दानी महन्थ रामतपेश्वर दासको बोलीले ऊहा लाई तत्काल नै डुबाएको छ ।
महन्थ रामतपेश्वर दासका कयौं चेलाहरु छन् र ति मध्येका एक रामरोशन दास बैकुण्ठ मार्गबाट यात्रा थालेका छन् ।उनको वखान महन्थ रामतपेश्वर दास ले आफ्नै पवित्र मुखार विन्दुबाट गरेपछि प्रदेश सरकारले दिदै आएको आर्थिक सहयोग बन्द भएकोछ ।अन्य सहयोगको बाटोपनि बन्द हुन लागेको छ ।
हाम्रो परोसी राजय भारत का मुम्बई मा बसने एकजना व्यवसायी पवन चौधरी(मैथिल ब्राम्हण)ले जानकी मन्दिरमा पछिल्लो केहि वर्षदेखि बृहत्त रुपमा आयोजना हुँदै आएको रामजानकी विवाह महोत्सव र जानकी नवमीको आयोजनाको सम्पूर्ण खर्च ऊनले ब्यहोर्दै आएका थिए । मन्दिरका महन्थ दासले स्वयं यो कुरा खुलासा गरेका हुन् । तर रोशन दासको येस्तो कृयाकलापबाट दुखी उनी अब जानकी मन्दिरमा नआउने घोषणा पवन चौधरी जनाएका हुन् । उनले गर्दै आएको जनाकी मन्दिर लाई सहयोगपनि अब बन्द हुने भएकोछ । मेगा बैंकमा सीताराम विवाहमहोत्सवको लागी अको रकम रोशन दास र शंकर साह ले खाता खोलिएको र ५३ लाख बढी रुपैया दुवैले मिलेर झिकेका छन् अनि रकम झिकिएपछि बैंक को खाता मा हाल १० हजार मात्र बाँकी रहेको बताइन्छ ।
आवश्यक कागजात बिना नै खोलिएको सो खाता हाल बन्द भएको बताइएको छ ।गत वर्ष प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका लगायतका निकायहरुले दिएको चेक यसरी नै जम्मागरि झिकिएको हो । जानकी मन्दिरको आफ्नो खाता र हरहिसाब रहेपनि दास र साहले बैंकमा छुट्टै खाता खोलेर आर्थिक कारोबार गरेका छन् ।जानकी मन्दिरको खातामा जम्मा नहुने गरी चेक लिएर अलग खाता खोली आर्थिक कारोबार गर्नु अनियमितता भएको जानकारहरु बताउँछन् । ‘छुट्टै खातामा मन्दिर बाहिरका व्यक्तिहरुको नामबाट भएको आर्थिक कारोबार जानकी मन्दिरको हिसाबमा देखिदैन्’ एकजना लेखा अधिकृतले भने, खाता खोल्ने, रकम उपलब्ध गराउने र बैंक समेत छानविनको दायरामा पर्ने भएकाले सम्बन्धित निकायले कार्वाही गर्न मिल्छ ।
जानकी मन्दिरको चारै तर्फको छाना चुहिन थालेको छ र भिताहरु भतकिन थालेको छ ।‘मन्दिरको छतलाई शक्तिशाली एक दर्जन ड्रिलले कामगर्दा पुरै मन्दिर हल्लिएकोछ ’मन्दिरका महन्थ दासले भने, मन्दिरको अवस्था अत्यन्त कमजोर भइसकेकोछ । मन्दिर परिसरमा लगाइएको मार्वलकोपनि उनले बिरोध जनाए ।‘कमसल मार्वल लगाएर मन्दिरलाई कमजोर बनाउने काम भएकोछ ’ उनले भने, मैले सबै निकायलाई जानकारी समेत गराइसकेको छु । रोशन दासले मन्दिरको परम्परा, हिन्दू संस्कृती विपरितको आचरण गरेको उनले आरोप लगाएपनि ऊनी आफै पछि ‘यू टर्न’ भएका हुन ।कतिपयले उनको बोली फेर्नुको कारण भय, त्रास रहेको जानकारहरु बताउँछन् । जानकी मन्दिरको हरेक कार्यक्रममा सकृय रूपमा सहभागिता जनाउँदै आएका महोत्तरी पिपराका भुषण बाबाले जानकी मन्दिरमा भइरहेको कृयाकलाप हिन्दूधर्ममाथिको आक्रमण रहेको बताए । जनाकी मन्दिरमा मासिक ६ लाख भन्दा बढी खर्च रहेको महन्थ दास बताउँछन् ।त्यसका लागि रामजानकी बिबाहमण्ड, जानकी मन्दिर भित्रका म्युजियम, लक्ष्मण मन्दिर लगायतका सटरहरुबाट आउने भाडाले काम चलाइन्छ ।दानपेटीमा आउने रकमले पनि केहि सहयोग मिल्ने गरेको उनको मान्यता छ ।तर नेपाल सरकार लगायत यहाँका कुनै निकायबाट मन्दिर सञ्चालनका लागि रकम नलिने गरेको महन्थ दास दावी गर्छन् । पछिल्लो समयमा मन्दिरप्रति हिन्दूहरुको आस्था कमजोर बनाउने काम बढन थालेपछि विभिन्न संघसंस्थाहरु र युवाहरू ले ट्रस्ट बनाउन जोडदार माग गर्न थालेका छन् ।जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेश संयोजक शिवशंकर साह ‘हिरा’को संयोजकत्वमा समिति गठन गरेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास स्वयंले तीन महिना पूर्व प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न निकायहरुलाई पत्राचारगरि सीताराम विवाहमहोत्सव, जानकी नवमी लगायतका आयोजनहरुको नाममा हाल सम्म उपलब्ध गराएको रकमको माग गरेका छन् ।उनले उपलब्ध गराइएको रकम, त्यसको खर्च विवरण, स्वघोषित उत्तराधिकारी महन्थ रामरोशन दासको छानविन गर्न गरेको पत्राचारको जवाफ हाल सम्म नआएको बताइन्छ । जानकी मन्दिर लगात बिबाहमण्डप र थुप्रै मठ मन्दिरहरु को अवस्थापनि कुरुप बन्दै जानकारहरु ले बताउँछन् ।

