धनुषा र महोत्तरीका चारै कोरोना संक्रमितलाई जनकपुर ल्याइदै, उक्त क्षेत्रहरु सिल गर्ने तयारी

spot_img

जनकपुर : गत हिजो राती मंगलबार धनुषा र महोत्तरीमा भेटिएका ४ जना कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल जनकपुर ल्याउन लागिएको छ ।

चारैजनालाई उपचारको लागि जनकपुरमा निर्माण गरेको कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिका १० लालगढकी २०वर्षीया युवती र जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना भेटिएको छ ।

यस्तै महोत्तरीको महोत्तरी गाउँपालिका ३ डामीका ३५ वर्षीय पुरुष, स्थानीय १६ वर्षीय किशोर छन् । महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरधाममा बस्दै आएका छन् भने १६ वर्षीय किशोर जलेश्वर बस्दै आएको बुझिएको छ ।

संक्रमित भेटिएका क्षेत्रहरुलाई सिल गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगको काम गर्ने विषयमा अहिले जिल्ला प्रशासन कार्यालय धनुषाका अकास्मिक बैठक बसेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय