काठमाडौं । नेपालमा आजै (बुधबार) दुईजनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।
धुलिखेल अस्पतालमा आज गरिएको कोरोना परीक्षणमा बाँकेका एक पुरुषमा संक्रमण देखिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कपिलवस्तुका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितका संख्या २१९ पुगेको छ । संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।




