जनकपुर : जनकपुरधाम उप–महानगरपालिकाले अब नगरक्षेत्रमा दोस्रो चरणको सेनिटाइजेशनको कार्य शुरु गरेको हो ।
पहिलो चरणमा नगरक्षेत्रलाई सेनिटाइज गरि सके पछि अब कोरोना भाईरसको प्रकोप बढेको भन्दै फेरी सेनिटाइजेसनको काम शुरु गरेको हो ।
जनकपुर का उप–महानगरका उप–प्रमुख रिता झाले सेनिटाइजेशनको कार्यको शुरुवात भईसकेको जानकारी दिएकी छिन् ।
उनले भनिन–‘कोरोना भाईरसको प्रकोप दिन प्रतिदिन बढ्दै गाएको छ । हामी कोरोना संग लड्न हरसम्भव प्रयास गरि रहेका छौं ।’
जनकपुर मा यस भन्दा पहिलो पनि नगरका सवै वडामा सेनिटाइजेशन, लामखुट्टे विरुद्धको औषधी, चोक चोकमा हाथधुने सावुन, तथा सेनिटाइजर लगायतका कार्यहरु गरि सकेका छन् ।
उप–महानगरद्वारा १८ हजार भन्दा बढी घर परिवारलाई वडा कार्यालयको माध्ययमवाट राहत वितरण समेत गरि सकेका छन् । कोरोना संग लड्न हामी आम जनताको साथमा छौं जनकपुर का उप–महानगरका उप–प्रमुख रिता झा ले भनुभयो।

