जनकपुरको मुल बाटाेमा शिशुको शव फेला

spot_img

जनकपुर :जनकपुरधाम उपमहानगरपालिकाकाे मुल बाटामै एक नवजात शिशुको शव फेला परिएको छ ।

जनकपुर को वार्ड न्म्बेर `६´ र `१०´ को बीचमा अवस्थित हस्पिटल रोड जाने बाटोमा मंगलबार बिहान प्लाष्टिकको झोलामा पोको पारेर कुट डब्बामा राखिएकाे शिशुको शव बरामद भएको प्रहरीले जनाएको छ ।

कुनै अवैध सम्बन्धका कारण जन्मिएकोले बच्चालाई कसैले फालेको हुन सक्ने स्थानीयले बताएका हुन् ।

नवजात शिशुको शव परीक्षणका लागि जनकपुर को प्रादेशिक अस्पताल मा लगिएको छ ।

र शव फाल्ने को खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएक हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय