जनकपुर : जनकपुरधाम का उपमहानगरपालिकालाई लुम्बिनी विकास बैंक बाट स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
धनुषामा कोरोना संक्रमित भेटिन शुरु भएपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यले लुम्बिनी विकास बैंक लिमिटेड जनकपुरधाम शाखाका प्रबन्धक किरण बहादुर उमा मगरले उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्सतान्तरण गरेका हुुन् ।
बैंकले १५०० थान सर्जिकल मास्क, ५ सय जोडी ग्लोब्स, ५ हजार मिलि लिटर सेनिटाइजर, १ सय १० लिटर डिसइन्फेक्टेड लिक्विड, १० थान एन ९५ मास्क र दुई थान पीपीई उपलब्ध गराएको हो ।
येस्तो माहा मारी को बेलामा समाज लाई सहयोग गर्नु पर्छ र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ यो उद्देश्य लि सामाग्रीहरु वितरण गरिएको लुम्बिनी विकास बैंक लिमिटेड जनकपुरधाम शाखाका प्रबन्धक मगरले भनुभयो ।

