जनकपुर : अहिले देश भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण २ महिनादेखि देश लकडाउन भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न का लागी जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरका सम्पुर्ण महिलाहरू वर सावित्री पर्व घरमै बसि लकडाउन पालन गरी घरभित्रै पर्व मनाउन अनुरोध गरेका हुन् ।
वरको रूखको मूलमा भागमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुवात भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ ।
अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको पाइन्छ । वटबृक्ष दीर्घायु बृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।
यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछन् भने दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछन् ।
जनकपुरमा वटबृक्षसम्म जाने सुविधा नभएको खण्डमा महिलाहरू वटबृक्षको हाँगा टिपेर आँगनमा कलश राखि व्रत सम्पन्न गरिन ।गत वर्षको तुलनामा जनकपुर मा यो साल सुन्य रहेका छ ।
यस लकडाउनमा वरसाईत पर्व समेत प्रभावित बनेको छ ।

