सिमा विवाद : जनकपुरका युवा भन्छन् “तार लगाऔँ, देश बचाऔँ”

spot_img

वीरगञ्ज : नेपाली भुभाग कालापानी, लिपुलेक, लिम्पीयाधुरा समेटेर सार्वजनिक गरिएको नेपलाको नयाँ नक्शाको विषयलाइ उचाल्दै भारतीय मिडिया नेपाल प्रति आक्रमक रुपमा प्रस्तुत हुँदैछ ।

कुटनितीक समस्याको समाधानका लागि कुटनिती पहल गर्नुपर्ने भएपनि भारतीय मिडियाले नेपाली सिमा विवादलाइ अतिरञ्जित तरिकाले सम्प्रेषण गरिरहेको छ ।

भारतीय मिडियाको गस्तो गैर जिम्मेवार पुर्ण रवैयाको नेपाल भरि चर्को प्रतिवाद भइरहेको छ । सामाजिक सञ्जालमा पनि अनेक खालका टिकाटिप्पणीहरु सुरु भएका छन् ।

यस्तै जनकपुरका युवाहरुले पनि विभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।

यहाँका युवाहरुले “भारत, तिमीले छिमेकीको सिमाना अतिक्रमण गर्दैछौ, यो कस्तो भातृत्व हो ?” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय