जनकपुरधाम : धनुषाको जटही र खजुरी नाका मा शुक्रबार देखि नै अनिश्चितकाल को लागि बन्द गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले निर्णय गरेको छ ।
भोकै भोकै एक जना युवकको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो।
भारत र नेपाल सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाकाहरु खुला राखे पनि धनुषाको नाका चाहि बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिनु भयो l
भारतबाट नेपाल मा आउने नेपालीहरुको भीड एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टिन सहित अन्य व्यवस्थापन गरेर पुन नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

